जिल्ला प्रशासन कार्यालय सुनसरीले चर्को शुल्क असुल्ने फर्मलाई प्रवेशमा रोक

author

समाचारपाटी

२ years अगाडि

जिल्ला प्रशासन कार्यालय सुनसरीले लेखापढीका नाममा सर्वसाधारण ठग्ने क्रमलाई नियन्त्रण गर्न अत्यावश्यक काम बाहेक कार्यालय प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । सेवा सहजीकरणका नाममा विभिन्न फर्म आवद्ध व्यक्तिले सेवाग्राहीबाट चर्को शुल्क असुल्ने गरेको भेटिएको भन्दै त्यस्ता व्यक्तिको हकमा अत्यावश्यक काम बाहेक कार्यालय प्रवेशमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरी प्रशासनका अनुसार कार्यालय बाहिर खुलेका फर्म र सो आवद्ध व्यक्तिहरुले सर्वसाधारबाट चर्को शुल्क असुलेर ठगी गरेको पाइएकाले सेवाग्राहीको हीतकालागि उक्त निर्णय लिइएको जनाएको छ । लेखापढी आवद्ध फर्मले सर्वसाधारणबाट फोटोकपीदेखि निवेदन, लिखित, हुलाक टिकट र अनलाइन फारमबापत चर्को शुल्क लिने गरेको प्रशासनको भनाई छ । सुनसरी प्रशासनले सरल र सहज सेवा प्रवाहकालागि कार्यालय भित्रैबाट निःशुल्क सेवा प्रवाहको बन्दोबस्त मिलाएको समेत जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निःशुल्क उपलब्ध रहने सबै सेवा सोझै कार्यालयमा स्थापना गरिएको हेल्प डेस्कबाट प्रदान हुने बताउनु भयो । जसका लागि कुनै फर्म वा कसैको सहजीकरण आवश्यक नपर्ने पाण्डेको भनाई छ । उहाँले जिल्ला प्रशासनबाट दिनसक्ने सेवा जिल्ला प्रशासनबाट नै दिनका लागि र बाहिर भइरहेको अनियमितता रोक्नका लागि काम थालेको बताउनु भयो । 

यता प्रशासनको कडाई पश्चात लेखापढी व्यवसायीले भने आफूहरुको रोजिरोटी खोसिएको भन्दै सो कदमको बिरोध गरेका छन् । उनीहरुले निश्चित शुल्क लिएर आफूहरुले काम गर्न पाउनुपर्ने माग राखेका छन् । 


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.७७°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन