fbpx

मोरङमा नागरिकता बनाउनका लागि भोकभोकै लाइनमा बस्दै सेवाग्राही

author

समाचारपाटी

१ year अगाडि

नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा भीड लागेको छ । सेवाग्राहीहरु बिहान झिसमिसेदेखि नै लाइनमा बसेको बताएका छन् ।

नागरिकता बनाउनेहरुको जिल्ला प्रशासन कार्यालयदेखि शनिबारे हटियासम्म २५० मिटर लामो लाइन लागेको छ । लाइनमा बसेकाहरू भोकभोकै छन् ।

धनपालथान गाउँपालिका १ बाट आएका सुनिल ऋषिदेवले बिहान ४ बजेदेखि लाइन लागेको बताउनुभयाे । घरबाट एक घण्टा साइकल कुदाएर प्रशासन कार्यालयमा आएको बताउँदै उहाँले भन्नुभयाे, ‘बिहानैदेखि बसेको छु, भात खाएको छैन, नागरिकता बनाएपछि खाना खान जाने हाे ।’

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक अनुसार सर्वोच्च अदालतले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खोलेपछि जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता वितरण सुरु गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार पहिलो दिन १२८ जनालाई नागरिकता वितरण गरेको जनाएको छ । नागरिकता वितरणका लागि कोठा नम्बर १६ छुट्याइएको छ ।

onlinelinekhabar


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

२६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने