fbpx

मुआब्जा वितरण न्यायसंगत नभएको भन्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

author

समाचारपाटी

१0 महिना अगाडि

संखुवासभा जिल्लाभित्र निर्माणधिन अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गत ४०० केबी प्रशारण लाइन बिस्तारमा सम्बन्धित जग्गा धनीहरुसँग छलफल नै नगरी कम मुआब्जा वितरण गरिएको भन्दै उपप्रधान एवं गृहमन्त्रीलाई सम्बन्धित जग्गाधनीहरुले ज्ञापनपत्र बुझाएका छन् । 

शुक्रवार उनीहरुले सिंहदरबारमा मन्त्री श्रेष्ठलाई भेटेर कानूनसम्मत रुपमा मुआब्जा वितरण नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले मुआब्जा निर्धारण समितिले गरेको संखुवासभा जिल्लाभित्र निर्माणधिन अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गत ४०० केबी प्रशारण लाइन बिस्तार गर्न ५९ वटा टावरहरु निर्माण गर्नुपर्ने र त्यो मध्ये खाँदबारी नगरपालिका अन्तर्गतका १४ वटा टावर निर्माण गर्ने जग्गाको मुआब्जा निर्धारण गरिएकोमा सम्बन्धित जग्गा धनीहरुसँग त्यो निर्णय गर्नुपूर्व कुनैपनि छलफल नगरिएको र आम सरोकारवालाहरुले छलफल गरी पाउँ भनेर निवेदन गर्दा पनि बेवास्ता गरी एकलौटी ढंगबाट मुआब्जा निर्धारण समितिको बैठक बसाएर मुआब्जा निर्धारण गरी सार्वजनिक गरेपछि बाध्य भएर सिंहदरबार धाउनुपरेको बताए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुआब्जा सरोकार समितिका संयोजक छत्रमणि काफ्लेले भेटमा गृहमन्त्री श्रेष्ठले प्रक्रिया न्यायसंगत छ वा छैन बुझेर थप गतिविधि कानूनअनुसार अघि बढ्ने बताउनुभएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘असार १५ गते जिल्ल प्रशासन कार्यालय संखुवासभा मुआब्जा निर्धारण समितिको बैठक बसाएर गरिएको निर्णयप्रति आम सरोकारवालाहरुको चित्त नबुझेकाले उपप्रधानमन्त्रीज्युसँग ज्ञापन पत्र बुझाएका छौँ । मुआब्जा निर्धारण समितिले गरेको संखुवासभा जिल्लाभित्र निर्माणधिन अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गत ४०० केबी प्रशारण लाइन बिस्तार गर्न ५९ वटा टावरहरु निर्माण गर्नुपर्ने र त्यो मध्ये खाँदबारी नगरपालिका अन्तर्गतका १४ वटा टावर निर्माण गर्ने जग्गाको मुआब्जा निर्धारण गरिएकोमा सम्बन्धित जग्गा धनीहरुसँग त्यो निर्णय गर्नुपूर्व कुनैपनि छलफल नगरिएको र आम सरोकारवालाहरुले छलफल गरी पाउँ भनेर निवेदन गर्दा पनि बेवास्ता गरी एकलौटी ढंगबाट मुआब्जा निर्धारण समितिको बैठक बसाएर मुआब्जा निर्धारण गरी सार्वजनिक गरेपछि आम सरोकारवाला हामी जग्गाधनीहरु प्रभावित भएर आन्दोलित भएका छौँ । गृहमन्त्रीज्युले प्रक्रिया न्यायसंगत छ वा छैन बुझेर थप गतिविधि कानूनअनुसार अघि बढ्ने भन्नुभएको छ ।’

सञ्चारकर्मीहरुसँगको कुराकानीमा अधिवक्ता भविश्वर शर्माले सम्बन्धित गाउँपालिका, न्यायपालिकाका प्रतिनिधि, जग्गाधनीलाई राखेर छलफल गरी मुआब्जा निर्धारण गर्नुपर्नेमा एकलौटी रुपमा गरिएको बताउनु भयो । उहाँले खाँदबारी नगरपालिकालाई मुआब्जा कम दिने र अन्य क्षेत्रलाई बढी दिइएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ ले मुआब्जा निर्धारण सिडिओको नेतृत्वमा हुने गर्छ । तर सम्बन्धित गाउँपालिका, न्यायपालिकाका प्रतिनिधि, जग्गाधनीलाई राखेर छलफल गरी मुआब्जा निर्धारण गर्नुपर्नेमा एकलौटी रुपमा गरिएको छ । खाँदबारी नगरपालिकालाई नदिने अरु माथिका क्षेत्रमा बढी दिने गरेको देखिएको छ । ज्यादै थोरै मुआब्जा दिइएको छ  ।’

उनीहरुले जग्गाधनी र सम्बन्धित सरोकारवालाहरुसँग छलफल नै नगरी कम मुआब्जा दिएकाले आन्दोलन थप अघि बढाउने चेतावनी दिए । 


काठमाडौं

मङ्लबार, जेष्ठ ८, २०८१

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...