fbpx

सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक संघको असन्तुष्टि

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरुमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ । 


शुक्रवार काठमाडौंमा पत्रकारहरुसँग भेटघाट गर्दै वायुसेवा सञ्चालन संघ, नेपालका अध्यक्ष रामेश्वर थापाले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरुमा भ्याट लगाएर सरकारले सो क्षेत्रप्रति नै अविश्वास गरेको बताउनुभएको हो । उहाँले सरकारले हतारमा निर्णय गरेर सो क्षेत्रमा भ्याट लगाएको बताउनु भयो । सरकारले आफूहरुसँग सल्लाह गरेरै गरेको भएपनि आफूहरु तयार हुने भन्दै उहाँले सरकारले यस विषयमा निष्पक्ष व्यवहार गर्न नसकेको बताउनु भयो । उहाँले पुँजिगत खर्चमा भ्याट लाउनु व्यवहारिक नभएको पनि बताउनु भयो । उहाँले जहाजको इन्जिन लगायतका सामग्रीहरुमा भ्याट कम लाग्दा सहज रुपमा आपूर्ति हुने र त्यसले सेवामा सहजता थप्ने पनि बताउनु भयो । पैसाको कारण आवश्यक सामग्रीहरुमा सम्झौता गर्ने अवस्था बनेमा हवाइ सुरक्षामा समेत चुनौति थपिने उहाँको भनाई छ । 


उहाँले भन्नुभयो – ‘पहिलो कुरा पुँजिगत खर्चहरुको हकमा, पहिला त हामीसँग सरोकार गरेर, छलफल गरेर गरिदिएको भए हामीले धेरै कुरा इन्पुट पनि दिनसक्थ्यौँ । भ्याटमा हामी नेगेटिभ त्यस्तो कोही पनि होइन । सर्भिसमा हामी भ्याट दिन तयार पनि छौँ । टिकटबाट उठाइरहने भ्याट हो । तर यसको प्रक्रियाका कुरा थुप्रै बाँकी छन् । कसरी गर्ने ? के गर्ने ? आजसम्म हामी भ्याटमा कहीँ रजिष्टर पनि छैनौँ । साथसाथै एभिएसनको मोडालिटी, यसको फिजिबिलिटी स्टडी नै यसरी गरिएको हुन्छ कि यो अन्तर्राष्ट्रिय प्रचारप्रसार भनौँ, एउटा प्रेषित डकुमेन्टेशन एनएक्सहरुबाट सञ्चालन हुने एयरलाइन्स् इन्डष्ट्रि हो । त्यसको आधारमा रेगुलेशनहरु हाम्रो रेगुलेटर अथोरिटीहरुले काम गर्ने हुन्छ । त्या भ्याटको कुरो हामीले सायद एयरक्राफ्टहरु, एयरक्राफ्टमा लाग्ने मेजर कम्पोनेन्टहरुमा कम्परमाइज नहोस् र सहज होस् भन्ने हिसावले गरिएको बुझिन्छ हिजो । आज झन्डै ३० वर्ष भइसक्यो नीजि वायु सेवा शुरु भएको । कुनै इन्जिन अथवा एयरक्राफ्ट, अथवा त्यसमा लाग्ने मेजर कम्पोनेन्टहरु हामीले त्यसको टाइम सकिने बित्तिकै चेन्ज गरेनौँ भने त्यसमा दुर्घटनाका सम्भावना प्रशस्तै रहन्छन् । नयाँ एयरक्राफ्टको कस्टम १ प्रतिशत हो त्योभन्दा बढी पर्दैन । ल्याउँ भनेर ल्याएर चलाउने हुन्छ । इन्जिनहरु, गेरबक्सहरुपनि परिवर्तन गरिहालौँ । किनभने तत्कालै पैसा निकाल्नुपर्दैन, बाँकी उसको लागि एलसीबाट ल्याइन्छ र क्याँस एकैचोटी निकाल्नु पर्दैन । भ्याटलाई त क्याँस निकाल्नुपर्छ भन्ने हिसाबले एक प्रतिशत कस्टम तिरेर ल्याउने परम्परा छ । जसले गर्दा सहज रुपमा इम्पोर्ट गर्न सकिन्छ । चेन्ज गरिरहने हुन्छ, त्यस्तो सामानहरुमा कम्परमाइज गरेर लङलास्टिङ जाँदैन । कुनैपनि मेजर कम्पोनेन्टहरुको एउटा लाइभ दिइसकेपछि सर्टेन कुराहरुमा एक्सटेन्शन पनि दिएको हुन्छ म्यानिफ्याक्चरले । ५, १० प्रतिशत त्यसको हिस्ट्री हेरेर दिइन्छ । त्यो ५÷१० प्रतिशतमा पनि जानु नपरोस् भन्ने हाम्रो सोच हुन्छ । ५, १० प्रतिशत भएपनि किन कम्परमाइज गर्ने त पैसा निकाल्न सकिदैनँ भनेर हामीले कम्परमाइज गर्न थाल्यौँ भने त्यसले सुरक्षामा ठुलो चुनौति सिर्जना हुन्छ । त्यसले गर्दाखेरी यो पुँजिगत खर्चमा भ्याट लाउनु त्यति व्यवहारिक देखिँदैन । बाँकी सेवाको लागि भ्याटको लागि अहिले हामी तयारी गर्दैछौँ । त्यस किसिमको तालिम दिने, हाम्रो स्टाफहरु ग्रुमिङ गर्ने यि सबै कुराहरु हामी हतार–हतार गर्दैछौँ । हतारिएर हामीलाई विश्वास नगरेर, नेपालको वायुसेवा क्षेत्रलाई नै विश्वास नगरेर सरकारले हतासमा ल्याएको जस्तो लाग्छ । त्यति हतारिएर गर्नुपर्ने जरुरी थिएन । हामीलाई राखेर सल्लाह गरेर यसो गरौँ भनेको भए पक्कै पनि हामी तयार हुन्थ्यौँै । यसमा हामीलाई निष्पक्ष व्यवहार भएन कि भन्ने लाग्छ ।’


काठमाडौं

सोमवार, जेष्ठ ७, २०८१

१८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...