fbpx

कानूनी जटिलताका कारण भूकम्प प्रभावित क्षेत्रमा अस्थायी अवास निर्माणमा बजेटको अभावः विपद् व्यवस्थापन प्राधिकरण

author

समाचारपाटी

९ महिना अगाडि

कानूनी अल्झनका कारण पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि बजेटको अभाव देखिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आईतवार सिंहदरवारमा आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममार्फत सो तथ्य सार्वजनिक गरेको हो । विपद् सम्बन्धि राहत वितरणका लागि व्यवस्था गरिएको ऐन र नियमावलीको झन्झटिलो प्रक्रियाका कारण पीडितका लागि अस्थायी आवास निर्माणमा बजेटको अभाव देखिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । भूकम्प गएलगत्तै मन्त्रीपरिष्द बैठकले त्यस क्षेत्रका लागि १० अर्ब बजेट निकासा गर्ने निर्णय गरेपनि हालसम्म सो बजेट १ अर्बमात्रै निकासा भएको र अन्य बजेट ऐन र नियमावलीका कारण ढिलाई हुन गएको उहाँले स्पष्ट पार्नुभयो । प्राधिकरणले ती ऐनहरुलाई परिमार्जन गरेर सो कामलाई तिब्र गतिमा अघि बढाउनका लागि आवश्यक तयारीको काम गृह मन्त्रालयमा अन्तिम चरणमा पुगेको पनि जनाएको छ । ती ऐन र नियमावली मन्त्रीपरिषद्बाट पारित हुने बित्तिकै बजेटको अभाव नहुने पनि कार्यकारी प्रमुख पोखरेलले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्युको नाममा रहेको जुन राहत कोष छ । त्यो कोष परिचालन गर्ने ऐनले देखेको प्रोसेस चाहीँ यसले कार्यकारी समितिले गर्ने भन्छ । त्यसको नाम पनि परिवर्तन गर्ने, के के कुरा त्यसले गर्न पाउने, नपाउने भन्ने कुरा चाहीँ यो नियमावली परिवर्तन भइसकेपछि बल्ल त्यसले सहज गर्छ । जस्तै आजकै केशमा १७ गते भूकम्प गयो । हामीलाई २७ गते नै विपद् व्यवस्थापनका लागि १० अर्ब रकम अर्थ मन्त्रालयले उपलब्ध गराउने भन्ने नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय भएको थियो । त्यो पैसा आउँदै गर्दाखेरी हामीहरुले एक अर्ब ४१ करोड प्रधानमन्त्री राहत कोषबाट हामीले पठाएका हौं । त्यो हामीले हामीमार्फत गृह मन्त्रालयबाट पठाइएको थियो । तर त्यो बीचमा हामीलाई एक अर्बमात्रै निकासा भएको थियो पुस १ गते । त्यसपश्चात चाहीँ हामीले बारम्बार फलोअप चाहीँ गरेको हो । त्यो पैसा अझै पनि आउनलाई केही समय लाग्छ । सबभन्दा ठूलो चुनौति नै हामीहरुको आर्थिक स्रोतको अभाव नै हो । समयमै त्यो स्रोत आउनका लागि अहिलेको प्रोसेस झन्झटिलो छ । र, त्यो प्रोसेसलाई स्पिड गराउनका लागि ऐन बमोजिमको यो नियमावलीहरु परिवर्तन गर्न जरुरी छ भन्ने कुराको अनुभुति भइसकेको छ । यसमा मस्यौदाहरु पनि तयार भइसकेका छन् । यो अन्तिम स्टेजमा पुगेको छ । यसलाई क्याबिनेटबाट पारित गरेर हामीले गर्यौँ भने यो फास्ट ट्रयाकमा जान्छ ।’

प्राधिकरणकाअनुसार हालसम्म पश्चिम नेपालमा भूकम्प पीडितका लागि २० हजार १ सय ४७ अस्थायी आवास निर्माणको काम सम्पन्न भइसकेको छ । त्यसैगरी १० हजार ३ सय ५ निर्माण भइरहेको पनि प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले बताउनु भयो । हालसम्म लाभग्राहीको संख्या भने ६८ हजार ७ सय ८० जना कायम रहेका छन् ।

प्रवक्ता खडकाले भन्नुभयो, ‘लाभग्राहीहरु अहिलेसम्म ६८ हजार ७ सय ८० जना लाभग्राहीहरु कायम भइसकेका छन् । र सम्झौता चाहीँ ४६ हजार ५ सय २७ लाभग्राहीसँग सम्झौता नै भइसकेको अवस्था छ । अब अहिले निर्माण भइरहेको कुरा ग¥योभने १० हजार ३ सय ५ निर्माण भईरहेका छन् भने २० हजार १ सय ४७ निर्माण सम्पन्न भइसकेको अवस्था छ । र २ अर्ब २६ करोड रुपैयाँ यहाँबाट बाहिर फिल्डमा पठाइसकेका छौं । जिल्लाबाट १ अर्व ६१ करोड स्थानीय तहसम्म पुग्यो । र स्थानीय तहहरुबाट ९७ करोड ३८ लाख रुपैयाँ लाभग्राहीको खातामा पुगेको अवस्था छ अहिले ।’

पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षको हालसम्म भूकम्पबाहेक २ हजार ९७ वटा विपद्का घटना भएको पनि जानकारी गराइएको छ । प्राधिकरणका प्रवक्ता खड्काले त्यसमध्ये सबैभन्दा बढी आगलागीको घटना भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो वर्ष जम्मा साउन १ गतेदेखि अस्ती पुस २६ गतेसम्मको २०९७ वटा घटना भए विपद्का । त्यसमध्ये १४७ जनाको ज्यान गयो । यो भित्र भूकम्पको तथ्यांक छैन । अनि घाइते ४४०, बेपत्ता संख्या ४६७ र अनुमानित आर्थिक क्षति चाहीँ १.२९ अर्व रहेको छ । यसलाई प्रदेशगत रुपमा हेर्दा कोशी सबभन्दा बढी प्रभावित देखिन्छ । त्यसपछि मधेस, लुम्बिनी, वागमती क्रमश रहेका छन् । त्यसपछाडि विपद्को अवस्थालाई हेर्दाखेरी आगलागि १ नम्बरमा देखिन्छ । यो पनि भूकम्प बाहेकको विवरण हो । अनि, पहिरो, जनावरको आतंक, भारी वर्षा । विपद्को प्रकारअनुसार आगलागि सबैभन्दा बढी छ । तर डढेलो छैन । र पछिल्लो समयमा हिमाली क्षेत्रमा पनि वन डढेलो लाग्न थालेको छ ।’

चालु आर्थिक वर्षमा सबैभन्दा बढी विपद्को घटना कोशी प्रदेशमा घटेको पाइएको पनि प्राधिकरणले जनाएको छ । प्रवक्ता खडकाले ती घटनाहरुमा परेर करिव एक खर्ब २९ अर्व क्षति भएको अनुमान गरिएको बताउनु भयो ।


काठमाडौं

मङ्लबार, अशोज २२, २०८१

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन