fbpx

अपाङ्गता भएका महिलाका सवाल र मिडियाको भूमिका विषयक अभिमुखिकरण

author

समाचारपाटी

२ हप्ता अगाडि

पोखरा । अपाङ्गता भएका महिलाहरुको समावेशी र पहुँच युक्त वातावरण सृजना गर्न सञ्चारमाध्यमको अत्यन्त महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

सञ्चारिका समुह गण्डकी प्रदेश र अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीको संयुक्त आयोजनामा अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजित अपाङ्गता भएका महिलाका सवाल र मिडियाको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले सञ्चारमाध्यमले अपाङ्गता सम्बन्धि कुनै पनि समाग्री प्रशारण गर्ने क्रममा संवेदनशिल हुनुुपर्ने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश पोखरा कार्यालयका कार्यालय प्रमुख नितु गर्तौलाले अपाङगता भएका महिलाका सवाल निति निर्माण देखि लिएर समाजका हरेक व्यक्तसँग जोडिएको विषय भएकोले यसलाई अभियानको रुपमा लैजानुपर्न बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले अपाङ्गता जसलाई पनि हुनसक्ने भएकोले अपाङ्गता भएका सबैलाई सकारात्मक व्यवहार गर्नुपर्ने बताउदै त्यसको लागि सबैले आफ्नो सोचमा परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

समाजशास्त्री शान्ति भुषालले अन्तराष्ट्रिय महिला दिवसको महत्व, पृष्ठभूमि र इतिहासको बारेमा सहजीकरण गर्दै महिलाहरुको अथक प्रयास र योगदानले आज यो दिवस मनाउने वातावरण सृजना भएको बताउनुभयो । उहाँले श्रमिक महिलाको आन्दोलनका कारण आज ८ मार्चको महत्व बढेर गएको बताउनुभयो ।

कार्यक्रममा सञ्चारिका समुह गण्डकी प्रदेशका कविता श्रेष्ठले अपाङ्गता भएका महिला र मिडियाको भूमिका विषयमा सहजीकरण गर्दै अपाङ्गताका सवालमा समाचार संप्रेषण गर्दा सञ्चारमाध्यमलाई संवेदनशिल हुन आग्रह गर्नुभयो ।

अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना केसीले अपाङ्गताका अधिकार सुनिश्चितताका लागि विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय कानुनी प्रावधानको बारेमा जानकारी गराउँदै आफ्नो हकको लागि आफै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, कास्कीका उपाध्यक्ष कञ्चन थापा कोइराला र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका उपाध्यक्ष उमा आलेमगरको सहभागीता रहेको थियो ।

अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारिका समुह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मी र अपाङ्गता भएका महिला गरि करिब ५० जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...