नेपाल र युके बीच दौत्य सम्बन्ध कायम भएको सय वर्ष पूरा

author

समाचारपाटी

१ year अगाडि

नेपाल र संयुक्त अधिराज्य(युके)बीच कायम भएको सय वर्ष पूरा भएको छ । नेपाल र संयुक्त अधिराज्य(युके)का बीचमा सन् १९२३ डिसेम्बर २१ मा दौत्य सम्बन्ध कायम भएको थियो । बिहीवार नेपाल र युकेका बीचमा दौत्य सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको हो । दौत्य सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले नेपाल–युके सम्बन्धको सय वर्ष मित्रता, आपसी सहयोग र सद्भावका साथ अगाडी बढेको बताउनु भयो । उहाँले दुई देशका बीचमा राजनीतिक, आर्थिक, पर्यटन को क्षेत्रमा सम्बन्ध भएको उल्लेख गर्नुभयो । त्यस्तै व्यापार, लगानी, गोर्खा सैनिकदेखि जनताको तहसम्म सम्बन्ध प्रगाढ रहेको बताउनु भयो । दुई देशका बीचमा प्रजातन्त्र, मानव अधिकार, कानूनी शासन, स्वतन्त्रताको सवालमा एकै प्रकारको अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त अधिराज्यका राजदुत रोब फेनले नेपाल विगतदेखि नै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले नेपाल विश्वमाझ चिनिएको र नेपाल धेरै मन पराइएको राष्ट्रको रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको सहयोगी राष्ट्र हुन पाएकोमा युकेले गर्व गर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘नेपाल कहिल्यै पनि कसैको अधिनमा नरहेको । र कहिलेपनि उपनिवेश नभएको । एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । नेपाल आफ्नो पहिचान माथि गर्व गर्दछ । र विश्व रंगमञ्चमा आफ्नो महत्वपूर्ण भुमिका खेल्न तयार छ । विगत सय वर्षमा यो देश कुनै बेला रहस्यपूर्ण र विश्वमा राष्ट्रको रुपमा कम परिचित थियो । अहिले नेपाललाई विश्वमा चिनिएको र धेरै मन परेको देशको रुपमा रुपान्तरण भएको छ । नेपालले छिमेकी देशहरुबाट फाइदा लिने छ । नेपालको भविष्य उज्वल छ । नेपालको पहिलो सहयोगी राष्ट्र र सहयोगी हुन पाएकोमा युके गौरवान्वित गर्छ । अर्को सय वर्षको आगामी यात्राको सुखदपूर्वक प्रतिक्षा गर्दछु ।’उहाँले नेपालको आगामी भविष्य उज्वल रहेको बताउनु भयो ।


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन