fbpx

बुबाको मृत्युपछि परिवारको जिम्मेवारी सम्हालेका दिपेशको इजरायलमै बिलायो डाक्टर पढ्ने सपना

author

समाचारपाटी

१ year अगाडि

महेन्द्रनगर । गत भदौ अन्तिम साता सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दार्चुलास्थित लेकम गाउँपालिका–५ का दिपेशराज विष्ट इजरायलमा अस्ताएका छन्।

बुबाको मृत्युपछि परिवारको जिम्मेवारी सम्हालेका दिपेशको इजरायलमा भएको आक्रमणमा परी मृत्यु भएपछि विष्ट परिवारमा ठूलो बज्रपात परेको छ।

छोराको मृत्युको खबरले आमा अर्धचेत अवस्थामा अस्पतालको शैयामा छिन् भने गाउँ शोकमा डुबेको छ।

इजरायलबाट सधैं साँझ आमालाई फोन गर्ने दिपेशको फोन शनिबार आएन। ‘सधैं साँझ भाइले आमालाई फोन गर्ने गथ्र्यो’, दिपेशकी दिदी ममता विष्टले भनिन्, ‘शनिबार साँझ उनले फोन नगरेपछि आमाले फोन गर्दा दिपेशसँग सम्पर्क हुन सकेन।

’ छोरोको मृत्युको खबरले आमा पार्वती अर्धेचेत अवस्थामा दार्चुलाको गोकुलेश्वर अस्पतालमा भर्ना भएकी छिन्।

‘दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेकी आमा गोकुलेश्वर अस्पतालमा अर्धचेत छन्’, दिदी ममतले भनिन्। कक्षा १० सम्म महेन्द्रनगरस्थित ग्लोबल एकेडमीमा अध्ययन गरेका उनले महेन्द्रनगरकै रेडियन्ट माध्यमिक विद्यालयबाट विज्ञान विषयमा कक्षा १२ पास गरेका हुन्।

‘भाइ सानैदेखि पढाइमा अब्बल थियो सबैको प्यारो पनि’, दिदी ममताले भनिन्। ‘भाइलाई एमबीबीएस पढाउँछु, आफू पनि पढ्छु भनेर दिपेश इजरायल पुगेको हो’, उनले भनिन्। उनलाई इजरायल जान घरबाट अनुमति नभए पनि दिपेशले भाइलाई डाक्टर बनाउने सपना बोकेर इजरायल पुगेको दिदीले बताइन्।

दिपेश चार वर्षको हुँदा उनका बुवाको मृत्यु भएको थियो। शिक्षक पेसामा रहेका बुवा अशोक विष्टको क्यान्सरबाट मृत्यु भएपछि दिपेशको पालनपोषण आमा पार्वतीले गरिन्। उनकी आमा पनि लटिनाथ माध्यमिक विद्यालय लटिनाथमा शिक्षिका छन्।

‘भाइलाई एमबीबीएस पढाउन आमाको कमाइले मात्रै नपुग्ने भएपछि जान्छु विश्वविद्यालयले पठाउँदै छ राम्रो होला भन्ने लाग्यो र उता गयो’, उनले भनिन्, ‘आफू पनि थप अध्ययनका लागि पैसाको जोहो गर्न पनि उसले जान चाहेको हो।’ उनका भाइ बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत छन्।


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक