नीति एकेडेमीले डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम शुभारम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारस्थित नीति एकेडेमीको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को समन्वयमा भएको उद्घाटन कार्यक्रममा पोखरा–६ का ४० जना विद्यार्थीसहित पोखरा महानगरपालिका वडा नं ६, ८ र ९ का अध्यक्षबीच डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम शुभारम्भ भएको हो । एक महिने तालिममा विद्यार्थीलाई डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम प्रमुख प्रशिक्षकको रुपमा नीति एकेडेमीका डम्मर कडायत र सहायक प्रशिक्षकको रुपमा माधव पोखरेल रहनेछन् ।
—न्युज एजेन्सी नेपाल