fbpx

पोखरा ढुङगेसाँघुमा हुने कोटिहोमको तयारी अन्तिम चरणमा, प्रमुख बाचक अमेरिकाबाट आउनुभयाे

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा यही मंसिर १७ देखी २७ गतेसम्म कोटिहोम गर्न लागिएको हो । पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटमा आयोजना गरिएको कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरि तयारी अवस्थामा राखिएको छ । भने मन्दिरमा रंगरोगर र ध्वजापतकाले सजाइएको धामका अध्यक्ष मदन गिरीले जानकारी दिनुभयाे ।

कोटिहोमका प्रमुख बाचक, धामका संरक्षक, यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल शनिबार पोखरा आइसक्नुभएकाे छ ।
अमेरिकामा बस्दै आउनुभएका प्रमुख बाचक ढकाल शनिबार पोखरा आइपुग्नुभएकाे हाे । ढकालको स्वागतमा अन्नपूर्णेश्वर शिवालय शिवशतिक्त धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भब्य स्वागत गरिएको छ । विमानस्थलबाट पोखरा १५ कोलपाटनमा रहेको राधेराधे मन्दिरमा विशेष पुजा अर्चनामा सहभागि भए लगत्तै बाचक ढकाललाई बाजागाजाहित कोटिहोम स्थल धाममा पुर्याइएको समितिका सचिव कमला बरालले जानकारी दिनुभयाे ।

यज्ञ स्थलको निरिक्षण पछि ढकालले समितिका पदाधिकारी स्थानीयलाई विशेष निर्देशन दिदैँ हरिहर क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न संकल्पित भएर लाग्न भने । बहुसाँस्कृतिक ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हरिहर क्षेत्र, पुण्यभूमिलाई साँस्कृतिक पहिचान, धार्मिक एवं पुरातात्विक सम्पदाको जगेर्ना र संरक्षण गदैँ पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिने ढकालले बताउनुभयाे ।

बाचक ढकालको स्वागतमा कोटिहोम स्थालमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै पोखरा महानगर वडानम्बर १५ का वडासदस्य बलराम पौडेलले कोटिहोमलाई सफल बनाउन वडानले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयाे । प्रकृतिले दिएको सम्पदालाई संरक्षण गरेर यस क्षेत्रको विकासमा समेत प्रयोग गर्न सकिने पौडेलले बताउनुभयाे ।

धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिनुभयाे । कोटिहोममा कथा बाचनका लागि १५ भन्दा बढि धर्म गुरु आउने आयोजकले जनाएको छ ।


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन