fbpx

धीरेन्द्र शास्त्रीलाई पशुपतिमा भब्य स्वागत, सवा करोड दिप प्रज्वलन र पुस्तक विमोचन

author

समाचारपाटी

१ year अगाडि

भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण शास्त्रीलाई पसुपतिनाथमा हजारौं भक्तहरुले भब्य स्वागत गरेका छन् भने डा. मिलन कुमार थापा र दीपक आचार्यले लेख्नु भएको पुस्तक ज्ञानशाला भाग २ को आचार्य शास्त्रीले बिमोचन गर्नु भएको छ ।

पशुपतिनाथ दर्शन गर्न पसुपतिनाथ पुग्नु भएका शास्त्रीलाई स्वागत गर्नको लागि आयोजित बिषेश समारोहमा शास्त्रीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा र सीआईएनका व्यवस्थापक दीपक आचार्यले संयुक्तरुपमा अंग्रेजी भाषामा लेख्नु भएको २ सय ८८ पृष्ठको ज्ञानशाला भाग २ पुस्तकको विमोचन गर्नु भएको हो ।

उहाँले हिन्दु धर्म र आध्यात्मको बारेमा ज्ञान बाढ्नको लागि पुस्तक लेखन गर्ने, थापा र आचार्यको प्रशंसा गर्नुभयो साथै पुस्तकको उपसम्पादक सिमसन थापालाई पनि धन्यवाद् दिनुभयो । पुस्तकका केही पृष्ठ पढ्दै खेरी यो ज्ञानको खानि हो भन्ने लाग्यो अनौपचारिक छलफलमा शास्त्रीले बताउनुभयो ।

किङडम अफ द नलेज उप शिर्षक पनि दिएको पुस्तकले धार्मिक, सांस्कृतिक र आध्यात्मिक बिषयबस्तुलाई प्राथमिकता दिएको छ भने मठमन्दीर र चाडपर्वहरुको महत्वहरुलाई समेटेको छ । युवाहरुमा आध्यामिक जागरण ल्याउने, विश्वभरि नेपालको धार्मिक तथा पर्यटकिय क्षेत्र र संस्कृतीको प्रवद्र्धन गर्ने उदेश्यले अंग्रेजी भाषामा पुस्तक लेखेर प्रकाशन गरेको लेखकद्वय थापा र आचार्यको भनाई छ । विमोचनसँगै शास्त्रीले सवा करोड दिप प्रज्वलन गर्नुका साथै पशुपतिनाथ मन्दिर दर्शन गर्नु भएको थियो । शास्त्री चौधरी ग्रुपको निमन्त्रणामा नवलपरासीको शास्वत धाममा तीन दिने रामकथा वाचनको लागि नेपाल आउनु भएको हो ।


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन