fbpx

धौलागिरी हिमाल आरोहणका क्रममा हराएका पाँच जना पर्वतरोहीको मृत्यु

author

समाचारपाटी

४ महिना अगाडि

बेनी । म्याग्दीस्थित धौलागिरी हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतरोही मंगलबार मृत भेटिएका छन्। धौलागिरी हिमालको हाइक्याप आधार शिविरबाट आइतबारदेखि हराएका रसियाका आरोहीहरूको शव मंगलबार सात हजार एक सय मिटरको उचाइमा भेटिएको हो।

रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले पुष्टि गर्नुभयाे। उहाँका अनुसार हाइक्यापमा बास बसेर त्यहाँदेखि माथि जाने क्रममा आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका पर्वतारोहीहरूको हेलिकोप्टरमार्फत खोजी गर्ने क्रममा मृत भेटिएका हुन्। घटनास्थलबाट हेलिकोप्टरमार्फत शव ल्याउने तयारी भएको डीएसपी श्रेष्ठले बताउनुभयाे।

हराएका पर्यटक खोज्न हेली एभरेष्टको हेलिकोप्टर परिचालन भएको थियो। उनीहरू आइ एम ट्रेकिङ एण्ड एक्सपिडिसनमार्फत धौलागिरी हिमाल आरोहणका लागि आएका थिए। धौलागिरी हिमाल आरोहणका क्रममा सात हजार छ सय मिटर उचाइमा उनीहरू दुर्घटनामा परेको अनुमान गरिएको छ। आरोही समूहका एक जना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौं लगिएको छ। चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठ्यारो भएका कारण उनी तल ओर्लेका थिए।

संसारको सातौं (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्छ। चालु शरदयाममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीले धौलागिरी हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ।

annapurnapost


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१८.६७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन