राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

author

धर्मराज बराल

५ दिन अगाडि

धर्मराज बराल । राजनीतिशास्त्र र राजनीतिक समाजीकरण समाजशास्त्रबाट व्युत्पन्न भएको पाईन्छ। त्यसैले राजनीति, समाजशास्त्र र राजनीतिक समाजीकरणलाई एकै ठाउँमा राखेर बुझ्नु पर्ने हुन्छ। राजनीतिक समाजीकरण, राजनीतिक संस्कार र विकास गर्ने चक्रीय प्रणाली हो ।

राजनीतिक प्रणालीले समाज र राष्ट्रलाई अग्रगमन तर्फ लग्नका लागि स्थापित सिद्दान्त , घोषणा र मार्ग त्यसका अगुवा, साझेदार र खेलाडीहरुले तदनूरुप अपेक्षित रुपमा समाज र आम नागरिक माझ कसरी प्रमाणित गर्दछन त्यसले नै राजनीतिक समाजीकरण वा पतनिकरण को निर्क्योल गर्दछ। राजनीतिक समाजीकरण गर्नु भनेको राजनीतिक प्रणाली वा प्रजान्त्रको जगलाई मजबुत र सशक्त बनाउनु हो। जसले राजनीतिक प्रणालीलाई विस्वसनीय र दिगो बनाउछ। आमनागरिकमा राजनीतिक प्रणाली प्रति विश्वास, अपनत्व, संरक्षणको लागि भावना जगाई उत्साह पूर्ण सहभागिताको वातावरण बनाई राख्छ। जनस्तरमा राजनीतिक चेतना, नागरिक हक र जिम्मेवारीको बोध, अपनत्वपूर्ण सहभागिता, मानवाधिकार प्रतिको सचेतना र खवरदारी गर्ने मनोवल जस्ता राजनीतिक प्रणालीका आधारभूत अवयवहरुको स्थापना, विकास र परिचालन गर्ने प्रतिनिधि राजनीतिक संस्थाका स्थानीय नेता र नागरिक समाजका अगुवाहरु हुन्। जसको मूल प्रणालीले अख्तियार गर्ने सिद्दान्त , सिद्दान्त निर्मित मार्ग दर्शन र त्यसको नेतृत्व वर्ग हो। प्रणाली आफैमा एउटा मार्ग चित्र भए तापनि त्यसलाई जिवन्त बनाई गन्तव्य तर्फ़को मार्ग निश्चित गर्ने जिम्मेवारी नेतृत्व वर्गकै हो।

नेतृत्व मार्फत सिद्दान्त निर्मित नीति र मार्ग चित्र तल्लो निकाय सम्म जान्छ। नेतृत्वले ती कुरा आधारभूत तहसम्म पुर्याउदा नेतृत्वको प्रतिविम्ब सँगसंगै प्रवाह भएको हुन्छ। राजनीतिक समाजीकरण राजनीतिक संस्था र प्रणाली खेल्ने मैदान हो। जुन मैदानमा राजनीतिक संस्थाका स्थानीय प्रतिनिधी र नागरिक समाजका अगुवाहरुले खेल्छन र नागरिक, समाज, राजनीतिक प्रणाली र राष्ट्रले विजय हासिल गर्ने हो।

तर हामी कहाँ मूलबाट झेली, गद्दारी, दलाली, अपराधि, अवसरवादी र भ्रस्टचारी जस्ता खेलाडी निर्माण गर्ने यन्त्रको भूमिका हुँदा राजनीतिले समाजीकरणको बद्ला दलालिकरण, अपराधिकरण र भ्रष्टिकरणको बाटो समाएको थियो । राजनीतिक संस्थाका प्रतिनिधिहरु ( दलहरुका स्थानीय नेतृत्व र विभिन्न वर्गीय , युवा तथा विद्यार्थी संगठन ) नेताको आशिर्वाद प्राप्त झुण्डको रुपमा परिणत भैसकेको अवस्था देखिन्छ । राष्ट्रिय अन्तरास्ट्रिय गैह्र सरकारी संस्थाहरु प्रजातन्त्रलाई मजबूत बनाउने आवरणमा सामाजिक सचेतना र सशक्तिकरण, आर्थिक तथा समाजिक उत्थान, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा सक्रिय रहेको पाईन्छ। उनीहरुको निहित स्वार्थ, राजनीतिक संस्था र स्वार्थका आधारमा विभक्त र निर्देशित त्यस्ता संस्थाहरुको राजनीतिक समाजिकीकरणमा ठोस उपलब्धि नहुनु, नागरिक समाज प्रभावकारी नभएको, विदेशीको पैसामा संचालित हुन् भनेर बदनाम भै विश्वास गुमाई सकेको छ। समाजलाई अपराध र स्वार्थ का आधारमा कित्ताकाट र विखण्डित गरिएको छ। राज्यका केन्द्रीय मुल अंगहरुको निर्मम दलीयकरण र भ्रष्टाचारका कारण थिलो थिलो बनाइएको जस्ता बिषयले सर्वसाधारणमा चरम बितृष्णा उत्पन्न भएको जस्तो लाग्दछ।
राजनीतिक नेतृत्वमा राजनीतिक प्रणाली , सिद्दान्त र राष्ट्रका प्रतिको निष्ठामा आएको गम्भिर स्खलन , इक्षा शक्तिको मृत्यु र स्वार्थका कारण राजनीतिमा दलाली र अपराधिकरणको पृष्ठभूमि तयार भएको हो । त्यसले तल तल र आधारभूत तह सम्म लपेट्दा राजनीतिक समाजीकरणको विपरीत समाजमा गम्भिर अपराधिकरण र दलाली करण भै राजनीतिक प्रणाली र विकासको आधार स्तम्भ धरासायी भयो।

लुटिखाने संस्कारलाई राजनीतिक अग्रगमन, भागवण्डाको राजनीति, अराजकता र संविधान प्रतिको आक्रमणलाई राजनीतिक प्रणाली र संवैधानिक कवचको रुपमा व्याख्या गर्ने , तथा आम कार्याकर्ता , राजनीतिक दल , भ्रष्ट र स्वार्थका लागि विखण्डित हुने प्रवृतिले अन्तत्वगत्वा राजनीतिक प्रणाली र संवैधानिक संरचना धरासायी भए। दलहरुका नेतृत्वको चरित्र राज्यको मूल मर्म , स्वाभिमान र विशिष्ठताको विरुद्द कोटरी र दलाल निर्माण , पृष्ठपोषण र संगठित रुपमा राज्य दोहन गर्ने डर लाग्दो मार्गमा लागेको हेक्का राख्न सकिन्छ। धुरीको अपराधिकरण आधारभूत तह सम्म राजनीति भनेको कुनै न कुन रुपमा राज्य दोहन गर्ने प्रक्रिया हो भन्ने मानसिकताको विकास गर्न सफल भएको पाईन्छ।

अहिलेको भूटानी शरणार्थी प्रकरणको प्रस्थान विन्दू यहि हो। यसरी राजनीतिक दलहरु र यिनका दलालहरुले राजनीतिमा गरेको अपराधिकरणले राज्यका विरुद्दमा कति विषालु र दह्रो जरा गाड्न सफल भएको रहेछ भन्ने कुरा केहि हद सम्म भए पनि आएको र तिनको मुखुण्डो समेत उत्रेको अवस्था छ ।

यो देशद्रोहको अति संवेदनशील र लामो सिलसिला चलि रहंदा राज्यको राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने निकायहरु के गर्दै थिए ? या सम्पूर्ण राज्य संयन्त्र नै संलग्न थियो ? राज्यका निकायहरु प्रतिको विस्वास कसरी कमजोर हुँदै गएको छ? यी प्रश्नहरुको जवाफ के होला ? समयले बाहिर ल्याउदै गर्ला।

अहिले उठेको मुल मुद्दा राज्य संयन्त्र नै संलग्न भएको देशद्रोहको हो। राज्यका अङ्गहरु मध्ये सरकारलाई राज्यको समग्र प्रतिनिधि तथा कार्यकारी मनिन्छ। भूटानी शरणार्थी काण्डमा राज्यको प्रतिनिधि बाट नै राज्य प्रणालीको आवरणमा राज्य संयन्त्रको दुरुपयोग गरि राष्ट्रको सार्वभौमसत्ता र स्वाभिमान को अति संवेदनशील भागमा आक्रमण भएको हेक्का राख्न सकिन्छ।

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको छ। यो रास्ट्रको शीर झुकेको संवेदनशील अवस्थामा खवरदारी र दवावकारी पक्ष सशक्त देखिदैन। केहि नागरिक अगुवा भन्नेहरु काठमाडौँका सडकमा झुलुक्क झुल्किनु र ठुला शहरहरुमा राजनीतिक संस्थाका केहि मलिन कार्यक्रम बाहेक, आम नागरिक र वौद्दिक समूहहरुबाट दवाव र खवरदारीका आवाज सुनिएनन्। यो राजनीतिक समाजीकरण र नागरिक कर्तव्य बोधको अति शुन्यताको अवस्था हो।

राजनीतिक प्रणाली र तिनका संस्थाहरुको मजबूती र सशक्तिकरण, राजनीतिक मूल्य मान्यताको समाजीकरण र संस्कृति निर्माण, नागरिक शक्ति , कर्तव्य र जिम्मेवारीको बोध र सचेतना जगाई संवेदनशील राष्ट्रिय मुद्दामा आम सर्वसाधारण लाई आफु संगै एक ठाउँमा उभ्याएर खवरदारी गर्ने गराउने कार्यको नेतृत्व लिनु पर्ने विद्दत पक्षको जीवनहीन जस्तै मूख र कलम वन्द रहनुले पनि हाम्रो समाज कता तिर गइरहेको छ भनेर अनुमान गर्न सकिन्छ। यो वर्ग पनि राजनीतिक र व्यक्तिगत स्वार्थका कारण विखण्डित रहेको, जानी नजानी अपराधिकरणको मतियार जस्तो देखिन्छ। साना तिना अपराधिक घटनामा पनि ध्वंसात्मक रुपमा निस्कने हाम्रो नागरिक समाज संवेदनशील राष्ट्रिय मुद्दामा मुक दर्शक बन्नु सामाजिक संरचनाहरुमा विखण्डीकरण , कित्ताकाट र गैह्र जिम्मेवार मानसिकता झाँगिदै गएको अशुभ संकेत हो। जसले हामीलाई सकारात्मक मार्गमा जान मद्दत गर्दैन।

अहिले शिर्ष नेताहरुको बैठक राम्रा कुराका लागि बसे पनि आम जनतामा अपराधिहरुलाई बचाउन होला भन्ने जस्तो जुन असाध्य अविस्वासको अमूर्त संदेश प्रवाह हुने गर्दछ त्यसले पार्न सक्ने घाउ अनुमान सम्म मात्र गर्न सकिन्छ। केहि शिर्ष नेताहरु यस्तो गम्भिर बिषयमा मौन रहनु, केहिका फरक अर्थ र प्रसङ्ग जोडिएका शंकास्पद अभिव्यक्ति आउनुले उहाँहरुको राष्ट्र प्रतिको वफादारिता र सकारात्मक इक्षा शक्तिको पारो तल झर्दै गएको भन्न सकिन्छ।

भूटानी शरणार्थी सम्बन्धि घटनाले अन्तरास्ट्रिय मन्चमा हाम्रो स्वाभिमान झुकेको छ। नेपाल अन्तरास्ट्रिय आतंकवादीहरुको पारगमन विन्दु हो भनिदा हामीले भूराजनीतिक प्रश्नको सामना गर्दै आएकै हो। यसले हाम्रो राष्ट्रिय सुरक्षा र अन्तरास्ट्रिय सम्बन्धमा पार्ने दिर्घ कालिन घाउ र त्यसले वल्झाउने पीडाले हामीलाई लामो समय सम्म यो गद्दारीको सम्झना गराई रहने छ। राजनीतिक अपराधीकरण देशद्रोह सँग जोडिदै गर्दा स्थितिले हामीलाई देखाएको बाटोले अध्यारोको संकेत गर्छ।नेपालमा भूराजनीतिक स्वार्थ राख्ने केहि शक्तिहरुले लामो समय सम्म नेपालीको निधारमा आतंकारीको छाप खोजि रहने छन्।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीलाई विज्ञको सुझाव, भारत भ्रमणमा मेन्यु लिएर नजानुस्

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य हुन्न :...

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँने...

विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विचार

अल्पविकसित देशहरुमा सार्वजनिक प्रशासनको भूमिका र नेपालको सन्दर्भ

सार्वजनिक प्रशासनले लक्षित व्यक्तिहरूको हितको लागि असल र प्रभावकारी नीति निर्माणका लागि राजनीतिक नेतृत्वलाई आवस्यक मद्दत गर्दछ। समाजको सामाजिक र...

विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

चलचित्र टुल्की शुक्रवारबाट प्रदर्शनमा

जेठबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत...

नेपाल अफ्रिका फिल्म फेस्टिबल असार १ बाट सुरू हुने

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

आइतवार, जेष्ठ १४, २०८०

२२.७२°

-
Clouds