धरानको जंगलमा मृत भेटिएकी महिलाको पहिचान खुल्याे

author

समाचारपाटी

३ हप्ता अगाडि

विराटनगर। गत सोमबार सुनसरीको धरानको जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । मृतक महिला धनकुटाको महालक्ष्मी नगरपालिका– २ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताउनुभयाे ।

डीएसपी खतिवडाका अनुसार उहाँको माइती महालक्ष्मी नगरपालिका १ मा पर्छ । दाहाल सुनसरीको इटहरी उपमहानगरपालिका–२, हलगडामा बसोबास गर्दै आउनुभएकाे थियाे । प्रहरीका अनुसार आफन्तले शवको पहिचान गरेका हुन् ।

प्रहरीका अनुसार उहाँका श्रीमान् प्रेम दाहाल वैदेशिक रोजगारीका लागि कोरियामा हुनुहुन्छ । धरान उपमहानगरपालिका–६ स्थित पञ्चकन्या सामुदायिक वनमा सोमबार दिउँसो महिलाको शव फेला परेको थियो । गोठालो गएकाहरुले वनभित्र लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव फेला परेको स्थानमा प्रहरीद्वारा गरिएको प्रारम्भिक परीक्षणमा आपराधिक गतिविधिको आशंका गरिएको छ। प्रहरीले घटनास्थलमा महिलाको शरीरमा चोटपटक देखिएको, अनुहारमा गम्भीर चोट रहेको र लुगाफाटो अस्तव्यस्त अवस्थामा भेटिएको जनाएको छ। महिलाको घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेस लगाएर शव छाडेजस्तो देखिएको प्रहरीको भनाइ छ । शवको कम्मर मुनिको कपडा खोलिएको अवस्थामा थियो । प्रहरीका अनुसार अन्यत्र हत्या गरी महिलाको शव घिसारेको जस्तो पनि देखिन्छ । महिलाको पहिचान खुलेपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार मृतक महिला करिब २ वर्षअघि छोरा पढाउनका लागि इटहरीमा डेरा गरी बस्न थाल्नुभएकाे थियाे । मृतकको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ।

source:- Urlabarinews


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१७.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’