fbpx

स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका धनराज गुरुङ निर्वाचित

author

समाचारपाटी

२ years अगाडि

स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित हुनुभएकाे छ । शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४ सय ६६ मत पाउनुभयाे भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८ सय ३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । उहाँहरुबीचको मतान्तर ५ हजार ६ सय २७ रहेकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार १ सय १३ मत पाउनुभएकाे छ । १ लाख १६ हजार ६ सय ७८ मतदाता रहेको क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो ।

यो क्षेत्रबाट २०७४ सालमा एमालेबाट अर्याल नै निर्वाचित हुनुभएकाे थियाे । ०७४ मा बाम गठबन्धनबाट उम्मेदवार हुनुभएकी अर्यालले कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठलाई झन्डै ३६ सय मतान्तरले पराजित गर्नुभएकाे थियाे । तर यसपटक गोपालमानले प्रत्यक्ष चुनाव लड्नुभएन र धनराज गुरुङ सोही क्षेत्रमा उम्मेदवार बन्नुभयाे ।

४ मंसिरमा भएको मतदानका क्रममा नेपाली कांग्रेसले केही मतदान केन्द्रमा बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो । निर्वाचन आयोगले १४ मंसिरमा पुनः मतदान नगर्ने निर्णय गर्‍यो । त्यसपछि मतगणना सुरु भएको थियो ।

स्याङ्जा २ अन्तर्गतको दुबै प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । स्याङ्जा २ (१) बाट भोजराज अर्याल र (२) बाट महेश भट्टराई निर्वाचित हुनुभएकाे हाे । प्रदेश सभामा कांग्रेसका भोजराजसंग एमालेका मोहन रेग्मी र भट्टराईसंग बुद्विमान श्रेष्ठ पराजित हुनुभएकाे छ ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन