आई एन एफ नेपाल को ७० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

author

समाचारपाटी

२ हप्ता अगाडि


एक विशेष समारोहका बीच आई एन एफ नेपाल को ७० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । वर्षभरि नै विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको सन्दर्भमा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भन्नुभयो, नेपालमा आई एन एफ स्थापनाको सत्तरी वर्ष सम्म आईपुग्दा
नेपालका ग्रामिण समुदायमा स्वास्थ्य सेवा प्रदान गर्ने, जीविकोपार्जनमा सहयोग प्रदान गर्ने र सामाजिक समावेशीतालाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

उहाँले अगाडी भन्नुभयो, पोखरालाई स्वास्थ्यको हिसाबले समृद्ध बनाउन आगामी दिनमा आई एन एफ नेपालसंग सहकार्य गरि अघि बढ्नेछौं । कार्यक्रमका सभापति एवम् आई एन एफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले अग्रजको योगदान सहित ७० वर्षे गर्विलो इतिहास बोकेको संस्थाले आफ्नो गरिमालाई उच्च राख्न निरन्तर अथक प्रयास गर्दै आएको तर्फ जोड दिनुभयो ।

कार्यक्रममा आई एन एफ नेपालका उपाध्यक्ष राजेन्द्र कुमार अधिकारीले स्वागत मन्तव्य राख्दै आई एन एफ का संस्थापकहरुको स्मरण गर्नु भएको थियो । कार्यक्रममा आई एन एफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले
आई एन एफ नेपालका गतिविधी र दीर्घकालीन योजनाका बारेमा प्रस्तुती राख्नु भएको थियो । संस्थाका मेडिकल सेवा निर्देशक डा. अरुण कुमार बुढाले आई एन एफ नेपालको स्वास्थ्य सेवा लगायत हरियोखर्क अस्पतालका बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रममा विशेष अतिथिद्धय आई एन एफ इन्टरनेशनलका अध्यक्ष फिल लिण्ड्से र कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यस्थापन महाशाखाका प्रमुख प्रशन्न नापितले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका पुर्व निर्देशकहरु डा.एलिसन क्रेभन, डा.प्रेम सुवेदी, डा.दीपेन्द्र गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा प्रमुख अतिथि, सभापति, कार्यकारी निर्देशक लगायतबाट आई एन एफ नेपालमा विगत १० वर्ष भन्दा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साथै भारतमा आयोजित अन्तरराष्ट्रिय व्हीलचियर प्रतियोगितामा सहभागी कर्मचारी सुरेश गौलीलाई सम्मान गरिएकाे हा ।

वार्षिकोत्सवकै सन्दर्भमा गत कार्तिक ४ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतमा एक बिशेष समारोहको आयोजना गरी संस्थालाई उल्लेख्य योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई कृतज्ञतापत्र र सम्मानपत्र प्रदान गरिएको थियो । सोही प्रकृतिको कार्यक्रम नेपालगन्ज र सुर्खेतमा समेत आयोजना गरिएको थियो ।
त्यसैगरी संस्थाले कार्तिक २९ गते दातृ निकाय, पार्टनर तथा पुर्व एवम् वर्तमान विदेशी स्वयंसेवक कर्मचारीहरुलाई एक छुट्टै समारोह बीच सम्मान गरेको थियो । संस्थाको इतिहास र गतिविधि समेटिएको अङ्रेजी र नेपाली भाषाका दुई वार्षिकोत्सव पुस्तक प्रकाशनमा ल्याएको छ । ४५० भन्दा बढी कर्मचारी रहेको संस्थाले स्थापनाको ७० औं वार्षिकोत्सवका क्रममा वर्षभरि विभिन्न प्रकृतिका ७० भन्दा बढी कार्यक्रमहरू आयोजना गरिएकोे जनाएको छ ।

वि. सं २००९ सालमा स्थापित आई एन एफ ले नेपाल सरकारसँग हातेमालो गर्दै कुष्ठरोग तथा क्षयरोगको क्षेत्रमा योगदान पुर्याउँदै आइरहेको छ । सामुदायिक स्वास्थ्य र विकासका क्षेत्रमा हरियोखर्क अस्पताल लगायत तीन अस्पतालसंगै बाजुरा, मुगु, जुम्ला, कालीकोट,सुर्खेत, बाँके, दाङ, रोल्पा, कपिलवस्तु, कास्की र गोरखा जिल्लाहरुमा अविछिन्न रुपमा संस्थाले सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, मंसिर १८, २०७९

१५.१५°

-
Mist

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्
बाजुराबाट प्रदेश सभामा कांग्रेसका पदमबहादुर शाही निर्वाचित
स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका धनराज गुरुङ निर्वाचित
‘अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हाम्रो लडाइ रोजगारी...
स्याङजा -२ मा धनराज गुरूङकाे अग्रता कायम पछ्याउँदै पद्मा...

विचार/विविधा

थप देखाउनुहोस्

कुनै विचार छैन

खेलकुद समाचार

थप देखाउनुहोस्

FIFA WORLDCUP 2022

POLAND

0

:

2

ARGENTINA

FULL TIME

FIFA WORLDCUP 2022

SAUDI ARABIA

1

:

2

MEXICO

FULL TIME

FIFA WORLD CUP 2022

QATAR

0

:

2

ECUADOR

FULL TIME

3rd ODI Cricket

NEPAL

179

:

176

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

1902.60

-1.03%

Sensitive

375.01

1.21%

Float

133.02

0.92%

Sen. Float

122.33

1.24%

Banking

1336.64

0.36%

Development Bank

3398.69

2.16%

Finance

1572.78

3.01%

Life Insurance

8931.48

1.10%

Non Life Insurance

7545.53

0.25%

Microfinance

4230.60

0.50%

Mutual Fund

13.51

0.66%

Hotels And Tourism

2673.73

0.65%

Investment

56.60

1.09%

HydroPower

1957.45

1.75%

Manu.& Pro.

5018.46

2.98%

Trading

1786.81

-0.50%

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
‘अन्तिम संस्कार’लाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने प्रयास रहन्छ –...
अविनाश थापामगर र रचना रिमालको‘जानी नजानी माया गरेनी’बजारमा
‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा
मंसिर २३ मा प्रदर्शन हुने ‘डेसान’ को ट्रेलर सार्वजनीक

कुनै विज्ञापन छैन