धनगढी । धनगढीमा एक किशोरीमाथि बलात्कार भएको छ । बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ । धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणी भएकाे हाे ।
प्रहरीका अनुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि धनगढीकै १८ वर्षीय युवकसँगै किशाेरी घर पुगेपछि किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका र पीडित किशोरीले शनिबार मात्र घटनाबारे खबर गरेकाे प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताउनुभयाे ।
किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताउनुभयाे । पीडित कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।