fbpx

कर्णालीको विकासका लागि चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड

author

समाचारपाटी

१ महिना अगाडि

निजी क्षेत्र र कलाकारहरुले कर्णालीको विकासका लागि चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । आईतवार काठमाडौंमा कर्णाली चलचित्र महोत्सवबारे आयोजित कार्यक्रममा बोल्दै कलाकार र निजी क्षेत्रका प्रतिनिधिहरुले सो आग्रह गरेका हुन् । उनीहरुले कर्णाली, कृषि, पर्यटन, उर्जा र जडिबुटीको खानी रहेकाले कर्णालीमा लगानी गर्नसके राज्यलाई आर्थिक फाइदा हुने बताए । कार्यक्रममा बोल्दै अभिनेत्री सुरक्षा पन्तले सनेमामा काम गर्ने व्यक्तिले कहिले पनि कुनै ठाउँलाई अवहेलना नगर्ने बतउनु भयो । उहाँले जति पुरानो ठाउँ भयो त्यति नै चलचित्रलाई कथाहरु पाउनका लागि महत्वपूर्ण हुने बताउनु भयो । उहाँले कर्णाली चलचित्र निर्माण र छायांकनका दृष्टिकोणले महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सिनेमामा काम गर्ने व्यक्तिको हैसियतले हामी कहिले पनि कुनैपनि ठाउँलाई अवहेलना गर्दैनौँ । हाम्रो लागि जति पुरनो, जति ऐतिहासिक, जति पछि राखिएको ठाउँ हुन्छ, उति नै महत्वपूर्ण हुन्छ । किनभने त्यहाँका कथाहरु छोइएका हुँदैनन् ।’

कार्यक्रममा बोल्दै अभिनेता प्रदीप खड्काले कर्णालीमा बनाइएका चलचित्रहरु उत्कृष्ट बनिरहेको बताउनु भयो । उहाँले कथा र पात्रहरु नयाँ भेटिने र त्यसलाई आम दर्शकले पनि मन पराउने गरेको बताउनु भयो । उहाँले कर्णालीका धेरै ठाउँहरु चिनाउन बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कर्णालीमा बनाइएका फिल्म क्यारेक्टरवेश र कथावेश फिल्म बनिरहेको छ । कर्णालीमा नयाँनयाँ कथा र चरित्रहरु भेटिन्छ । धेरै ठाउँहरु पर्दामा आएकै छ्रैनन् । चिनाउन धेरै ठाउँ बाँकी नै छ ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले चलचित्र क्षेत्रको विकासका लागि निजी क्षेत्रले लगानी बढाइरहेको बताउनु भयो । उहाँले कर्णालीको विकास गर्नसके राज्यको आर्थिक अवस्थामा समेत सुधार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कर्णालीको विकास गर्नसके जडिबुटी, पर्यटन, कृषि र चलचित्र क्षेत्रमा फड्को मार्ने अवस्था रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘चलचित्र क्षेत्रको विकासका लागि निजी क्षेत्र पनि लागिरहेको छ । कर्णालीको विकास गर्ने हो भने राज्यको अवस्थामा सुधार आउँछ । त्यहाँ लगानी बढाउनुपर्छ । अहिले भइरहेको व्यापार घाटा, निजी क्षेत्र धराशायी भइरहेको छ । यस्तो बेलामा कर्णालीमा उर्जा, जडिबुडी र कृषिमा लगानी बढाउनु पर्छ । हामीले पर्यटकहरु बढाउन सकिन्छ, त्यहाँको हरेक विकास हुन्छ, आर्थिक रुपमा परिचालन गर्नसक्छौँ । चलचित्रको लागि राम्रो ठाउँ पनि छ ।’

उहाँले कर्णालीको विकाससँगै आर्थिक रुपमा सबल बन्न सकिने र पर्यटकहरु बढाउन सकिने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन