fbpx

अमेरिकाको हवाई राज्यमा डढेलोले मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो

author

समाचारपाटी

१ year अगाडि

वासिङटन डिसी । हवाई राज्यमा यस हप्ता कम्तीमा ८० जनाको ज्यान जाने गरी भएको विनाशकारी डढेलो नियन्त्रणका लागि आफूले अनुसन्धान सुरु गर्न लागेको हवाईका प्रमुख कानूनी अधिकारीले शुक्रबार बताएका छन् । लाहैनाका बासिन्दाहरूलाई पहिलो पटक शहरमा फर्कन अनुमति दिइएपछि अनुसन्धान सुरु गर्न निर्देशन दिइएको हो । 

लाहैनाका बासिन्दाहरूलाई शहरमा फर्किन दिइएको अनुमतिसँगै प्रशासनले उक्त घातक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८० पुगेको जनाइएको हो । घर फर्किन अनुमति दिएसँगै आफ्नो वस्तीमा फर्किँदा अधिकांशले आफ्नो घर खरानीमा परिणत भएको बताएका छन् । आफ्नो घर सकुशल पाएका नागरिकले पनि उक्त घटनामा प्रशासनबाट भएका कमजोरीप्रति आक्रोस पोखेका छन् । 

नाम नबताउने शर्तमा एक नागरिकले एएफपीसँगको कुराकानीमा भने, 'सरकार कहाँ छ ? तिनी (नेता)हरू कहाँ छन्? यो नालायकी हो । हामी स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्दैनौं किनकि हामीले लुटपाटको बारेमा सुनेका छौं । हामीले जीउनका लागि धेरै आधार गुमाएका छौँ ।' 

हवाईका महान्यायाधिवक्ता एनी लोपेजले आफ्नो कार्यालयले यस हप्ता माउई र हवाई टापुमा लागेको डढेलोको समय र यसपछिका लागि महत्वपूर्ण निर्णय लिने र स्थायी नीतिहरूको परीक्षण गर्ने बताएका छन् । उनले आफ्नो विभागले उक्त निष्कर्ष सार्वजनिक गर्ने बताएका छन्।
 
माउ काउन्टीका अधिकारीहरूले शुक्रबार राति मृत्यु हुनेको सङ्ख्या ८० पुगेको जनाएका थिए र एक हजार ४१८ जना आपतकालीन आश्रयस्थलमा रहेको बताएका थिए । यो गर्मीयाममा उत्तरी अमेरिकामा डढेलोले जनजीवन प्रभावित तुल्याएको छ । क्यानाडामा अझै पनि जङ्गलको व्यापक क्षेत्र डढेलोले जलिरहेको छ र अमेरिकाको दक्षिण–पश्चिममा एक प्रमुख मौसमी घटना उष्ण लहर फैलिरहेको छ ।

यूरोप र एसियाका केही भागले पनि बढ्दो तापक्रमको सामना गर्नुपरेको छ । व्यापक डढेलो र बाढीले आतङ्क मच्चाएको छ । वैज्ञानिकहरूले कार्बन उत्सर्जनका कारण हुने विश्वव्यापी तापक्रम वृद्धिले चरम प्रतिकूल मौसममा योगदान पुर्‍याइरहेको बताएका छन् । 


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन