राष्ट्रपति रामचन्द्र पौडेलले देउडा सांस्कृतिक उत्सव—२०८१ को शुभारम्भ गर्नुभएको छ । शनिवार काठमाडौंमा राष्ट्रपति पौडेलले देउडा सांस्कृतिक उत्सव—२०८१ (दोस्रो संस्करण) उद्घाटन गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले स्रस्टाहरुलाई अभिनन्दन्समेत गर्नुभयो । अभिनेता विराज भट्ट लगायतका कलाकारहरु सम्मानित भएका छन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले काली—कर्णाली क्षेत्रको मौलिक गीत, संगीत, पर्यटन, कला र संसकृतिको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गरी सांस्कृतिक क्षेत्रलाई समृद्ध बनाउन देउडा सांस्कृतिक उत्सवले महत्वपूर्ण योगदान दिने बताउनु भयो । सांस्कृतिक समाज नेपालद्वारा आयोजित कार्यक्रममा अभिनेता विराज भट्टसहित दर्जन कलाकारहरु सम्मानित भएका छन् ।
—न्युज एजेन्सी नेपाल