‘अविचलित भएर, निडर, तटस्थ भएर आम नेपाली जनताहरुको आवाजलाई मैले सम्बोधन गर्ने प्रयास गर्नेछु’:- इन्दिरा राना

author

समाचारपाटी

३ हप्ता अगाडि

उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।मंगलवार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरु प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले बैठकमा खालि सिट देख्दा देखिन थालेको बताउनु भयो । उहाँले प्रतिनिधि सभा सांसदविहिन हुँदा आफुलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताउनु भयो । उहाँले आफुले कुनैपनि काम अनुशासित भएर दिलदेखि गर्ने बताउनु भयो । उहाँले सांसद अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने भनि प्रश्न समेत गर्नुभयो । उपसभामुख रानाले संसदमा जनताका कुराहरुलाई अनुशासित र मर्यादित रुपले उठाउने र विधेयकहरु बनाउने पनि बताउनु भयो । 

हाँले भन्नुभयो – ‘तपाईहरु लाइभ हेर्नुहुन्छ होला, हाम्रो प्रतिनिधि सभामा कोही बेला खालि खालि सिट हुन्छ । मलाई दुःख लाग्छ । घरिघरि त धैर्यता लिँदालिँदा पनि इरिटेड हुन्छ । मलाई त प्रेसर पनि आइसक्यो । अस्तिसम्म त प्रेसर पनि थिएन । म जे पनि काम गर्छु अनुशासित भएर काम गर्छु । मन दिएर, दिल दिएर काम गर्छु । तर त्यसरी कति माननीयज्यूहरु नआउनु हुँदाखेरी मलाई एकदमै दुःख लाग्छ । भोलि हामीले जनतालाई के उत्तर दिने ? त्यस्तो पनि लाग्छ । र मैले कसरी हुन्छ मेरो ठाउँबाट कसरी मैले उहाँहरु सँग साथी जस्तो भएर जनताको कुराहरुलाई हामीले सम्बोधनमा अनुशासित भएर, मर्यादित भएर उठाउने छौँ र विधेयकहरु बनाउने छौँ । कति विधेयकहरु निष्क्रिय बनेको छ ।’

उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताउनु भयो । आफु उपसभामुखको रुपमा काठमाडौंमा मात्र नबसि जनताका कुराहरु सुन्न जिल्ला–जिल्लामा पुग्ने उहाँले उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘माननीयहरुले मलाई आमा भन्नुहुन्छ, आमा नै त्यहाँ उपसभामुख हुनुभयो भने कर्णालीको कुरालाई पनि उठाउनुहुन्छ । सुदूरपश्चिमको कुरालाई पनि उठाउनुहुन्छ । हिमालको कुरा उठाउनुहुन्छ । उहाँले एउटै व्यवहार गर्नुहुन्छ भन्ने उहाँहरुको एउटै स्वर थियो । त्यसैले आज मैले उपसभामुख हुने मौका पाएको छु । अनि गठबन्धनले पनि भोट दिए । सबैले मन पराएर म उपसभामुख भएकी छु । मैले मेरो पाँच वर्षको कार्यकाललाई हतोत्साही नभइकन अविचलित भएर, निडर, तटस्थ भएर आम नेपाली जनताहरुको आवाजलाई मैले सम्बोधन गर्ने प्रयास गर्नेछु । म राजधानीमा मात्रै बस्ने होइन जुम्ला, कर्णाली, अन्यपनि मैले योजना बनाएको छु । उपसभामुख भएको एक महिना भएको छैन मैले पाँचवटा जिल्ला भिजिट पनि गरिसकेँ । खर्च छ । दुःख छ तरपनि जबसम्म हामी फिल्डमा गएर बुझ्दैनौँ । जनताका आवाजहरु आफ्नै कानले सुन्दैनौँ, आफ्नै आँखाले देख्दैनौ, तबसम्म त्यो कुराहरु संवेदनशिल भएर हुँदैन ।’

उपसभामुख रानाले महिलाहरु समानुपातिक र समावेशिताको दृष्टिले मात्रै नभई खुला रुपमा पनि राज्यका विभिन्न तहमा पुग्नुपर्ने बताउनु भयो । राज्यका निकायमा ५० प्रतिशत महिला पुर्याउन प्रयास गर्नुपर्ने उहाँको भनाई छ । महिलाहरु पार्टीको ‘रबरस्ट्याम्प’ बन्नु नहुने उहाँले बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘हामी महिलाहरुले महिलाहरुलाई हरेक तहमा ३३ प्रतिशत भन्दैछौँ भने ५० प्रतिशत, त्योभन्दा बढेर पनि जानसक्ला । त्यहाँ हामीले प्रयास गर्नुपर्छ । महिलाहरुलाई समावेशिता र समानुपातिकताको आधारमा पद दिने होइन । हामी एउटा राजनीतिक पार्टीको रबरस्ट्याम्प हुने होइन । हामीले आफ्नो ठाउँमा आफ्नो भुमिका खोजिहाल्नु पर्छ । आफ्नो काम पनि गर्दै जाने, काम गर्ने मान्छेलाई कसैको अधिकार, कसैको पर्मिशन चाहिँदैन भन्छु म । काम गरेपछि झुक्नैपर्छ जो पनि मान्छे । म त्यो भन्छु ।’

उपसभामुख रानाले सिमान्तकृत बालबालिका, असहाय बालबालिका र ज्येष्ठ नागरिकका लागि देशले राम्रो कानून नबनाएको देखेर आफू राजनीतिमा आएको बताउनु भयो ।

newsagencynepal

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

१ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिए

‘तर प्रधानमन्त्रीका रुपमा मैले गरेको प्रयास र लिएको अग्रसरतामा...

‘प्रधानमन्त्रीलाइ नयाँ गाडी चलाउन दिँदा स्टार्ट गर्न नपाउँदै पुरानोमा...

प्रधानमन्त्रीले प्रश्ताव प्रश्तुत गर्दै

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मन्त्री किराँतीको शब्द रचना रहेको ‘पहराकी फूल’ सार्वजनिक

चेलिबेटी बेचबिखनको सन्देशसहित हरिवंश आचार्यको शब्द, संगीत र स्वर...

चेलिबेटी बेचबिखनको सन्देशसहित हरिवंशआचार्यको शब्द, संगीत र स्वर रहेको...

नवगायक सन्तोष खत्रीले ल्याए कर्मचारीको तलब सम्बन्धी गीत ‘१५...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

सोमवार, चैत्र ६, २०७९

१२.७२°

-
Rain