‘काठमाडौंमा मेरो घर छैन तर २ वटा साइकल छ’:- इन्दिरा राना मगर

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले साइकल सवारीले स्वस्थ तथा स्फूर्त रहन मद्दत गर्ने बताउनुभएकाे छ।

अन्नपूर्ण मिडिया नेटवर्कले अयोजना गरेको ‘अन्नपूर्ण राइड फर लाइफ २०२३’ को उद्घाटन गर्दै उपसभामुख मगरले बाँचुञ्जेल स्वस्थ र बलियो बन्न साइकल चलाउनु आवश्यक रहेको बताउनुभयाे।

मगरले हरेक वर्ष साइकल र्‍यालीमा सहभागिका रूपमा उपस्थित हुने गरेको र यो वर्ष प्रमुख अतिथि बन्न पाएकामा खुसी व्यक्त गर्नुभयाे। ‘साइकल मेरो साथी हो। जीवनका योजना पनि साइकल चढेकै बेलामा गर्छु,’ मगरले भन्नुभयाे, ‘विगतका वर्षमा सहभागिका रूपमा अन्नपूर्ण साइकल र्‍यालीमा उपस्थित हुन्थें। म भाग्यमानी छु, यो वर्ष प्रमुख अतिथि नै बन्ने अवसर पाएँ।’

विश्व क्यान्सर दिवसका अवसरमा आयोजना गरेको साइकल र्‍यालीमा १ हजार ५ सय जना सहभागी थिए। उपसभामुख मगरले आफूसँग सम्पत्तिका रूपमा साइकल नै रहेको पनि बताउनुभयाे।

‘काठमाडौंमा मेरो घर छैन तर २ वटा साइकल छ।’ साइकल चलाउँदै आफूले जीवन जिउने कला सिकेको जिकिर गर्नुभयाे। ‘साइकल चलाउँदा खाल्डाखुल्डीबाट जोगिइन्छ। साइकल चलाउँदै मैले जीवनका उकाला ओरालालगायत अवरोध हटाउन सिकें,’ उहाँले भन्नुभयाे।

उपसभामुख मगरले साइकल चढेरै पाल्पा, चितवन आदि ठाउँ तथा जेलमा बालबालिका भेट्न पनि साइकल चढेर जाने गरेको बताउनुभयाे। ‘५३ वर्षको उमेरमा मलाई १६ वर्षको जस्तो अुनभूत हुन्छ। साइकलले स्वस्थ तथा स्फूर्त रहन मलाई मद्दत गरेको छ,’ मगरले थप्नुभयाे, ‘बाँचुञ्जेल स्वस्थ र बलियो बन्न साइकल चलाउनु आवश्यक छ।’


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन