fbpx

‘महिलाहरुलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्छ’:- उपसभामुख इन्दिरा राना

author

समाचारपाटी

१ year अगाडि

उपसभामुख इन्दिरा रानालेले महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार ललितपुरमा आयोजित ‘महिला तथा बालिका बिरुद्ध हुने हिंसा रोक्न लगानी गरौँ’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले महिलाहरुलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले महिला–महिलाहरुको विचमा प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुलाई निर्वाचनमा लड्नका लागि बजेट नै छुट्याउनुपर्ने पनि बताउनु भयो । उहाँले महिला सांसदहरु धेरै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका बताउँदै समानुपातिक सांसदहरुलाई होच्याउने काम भएको बताउनु भयो । उहाँले महिलाहरुलाई राजनीतिको निर्णायक ठाउँमा पुर्याउनुपर्ने पनि बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘धेरैजसो महिला सांसदहरु समानुपातिकबाट आएका छौँ । ३३ प्रतिशत आरक्षण प्रणालीबाट आएका छौँ । मलाई लाग्छ हामी निर्णायक भुमिकामा छैनौँ । हामीमा पहुँच छैन । त्यसले गर्दा कति कुराहरु चाहेर पनि हामीले ह्वीपमा एस्, एस् भन्नुपर्छ । कति चित्त नबुझेको कुरामा पनि । महिलाहरु निर्णायक भुमिकामा आउनुपर्छ । पहुँचमा आउनुपर्छ र त्यसमा हामीले बढी लगानी गर्नुपर्छ । महिला माननीयहरु प्रत्यक्षमा लड्ने ठाउँमा महिला–महिला लडाउने । अथवा महिलाहरुलाई सरकारले केही बजेटहरु छुट्टयाइदिने निर्वाचनमा भन्ने कुरामा जोड दिनुपर्छ । समानुपातिकमा तिमीलाई त बोलाएर आएको त हो नि । दिएर आएको त हो नि भनेर हामीलाई हिनताबोध दिने काम भइरहेको छ । हामी जुनसुकै पार्टीबाट आएपनि हाम्रो व्यक्तिगत स्वार्थ र पार्टीको स्वार्थभन्दा माथि उठेर, राष्ट्र र जनताको हितको लागि जुन पिछडिएका वर्गहरु, महिला, सिमान्तकृत वर्गहरु, अपांगता भएका साथीहरुको लागि आवाज उठाउनलाई हामीले त्यही वर्गबाट धेरै प्रतिनिधित्व हुनुपर्छ । र दह्रो गरी आउनुपर्छ । कोही कसैको विचरा भएर होइन ।’

उपसभामुख रानाले महिलाहरुलाई विश्वविद्यालय तहसम्म निःशुल्क पढ्ने व्यवस्था मिलाउनुपर्ने बताउनु भयो । बालिकाहरुले बीचमै विद्यालय छोड्ने दर बढिरहेको भन्दै उहाँले यसप्रति पनि ध्यान पु¥याउनुपर्ने बताउनु भयो ।


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...