fbpx

‘महल बनाउनका लागि जो नक्शा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थेँ’:-इन्दिरा राना

author

समाचारपाटी

११ महिना अगाडि

उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिनु नहुने बताउनुभएको छ । हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खालि जमिन खेतीका लागि बाँकी नरहने हुँदा अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने बताउनुभएको हो । उहाँले शुक्रवार विश्व शौचालय दिवसको अवसरमा ललतिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दुई÷तीन जनाका लागि हरेक मानिसले घर बनाउँदै जाने हो भने भविष्यमा नेपालालाई खानका लागि खाद्यान्न अपुग हुने बताउनु भयो । उहाँले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण  नेपालमा जे गरेपनि नहुने अवस्था देखिँदै गएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘महल बनाउनका लागि जो नक्शा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थेँ । सबैले घर बनाउँदै जाने दुई, तीन जनाका लागि भने कहाँ बच्छ, सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने । भारतले चिनी रोकिदिँदा सबै मानिस बाहिर जानुभयो । विदेशी फूललाई ब्याण्ड गर्नुभयो, बालेन्द्र साहले । तर यता नेपालीले मालाको मूल्य नै बढाए । कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर बिरोध गरे । मैले खाना खानेहरुलाई पनि बोलाएर त्यहीँ बेस्करी सफा गरेको छु । दरबार स्क्वाएरमा । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली गर्यो । केही गर्दा नहुने के यो देश, केही गर्दा नहुने । बालेन साह मेयर बनेपछि नयाँ काम शुरु गर्नुभएको थियो तर कतिपय होटलले मानेनन् ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरुले नै असहयोग गरेकोप्रति दुःख व्यक्त गर्नुभयो । यस वर्षको विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने रहेको छ । यस वर्ष  पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैठौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाईको विषय समावेश छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पुर्याउनमा प्रगति भने सुस्त गतिमा छ । राष्ट्र सङ्घकाअनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् ।


काठमाडौं

बिहिबार, अशोज १७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन