उपसभामुख इन्दिरा रानाले पत्रकारीता समाजको ऐना भएको बताउनुभएको छ । शनिवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुशासनका लागि पहिलो खुड्किला नै पत्रकारिता भएकाले यसको संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउनु भयो । उहाँले जवाफदेहीता, सुशासन, पारदर्शिता पत्रकारिताबाट नै सम्भव रहेको बताउनु भयो । जनताले चुनेर पठाएका सांसदहले संसदमा प्रश्तुत हुँदा मेहनताका साथ आफ्ना अभिव्यक्ति दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पत्रकारहरु देशको चौथो अंग होइन समाजको ऐना हो । सुशासनको पहिलो चरण नै पत्रकारिता हो । किनभने भने हामी जवाफदेहीता, सुशासन, पारदर्शिताको कुरा पत्रकारले दिने हो । प्रतिनिधि सभाका सदस्यहरु कति तयारीमा आउनुभएको छ ? भन्नेकुरा जनताले हेरेर बस्नछन् । जनताले चुनेपछि हामीले मेहनत गर्नुपर्छ ।’
उपसभामुख रानाले संसदलाई राम्रो र व्यवस्थित बनाउन सांसदहरुले पनि आफ्नो भनाइहरु मर्यादित रुपमा राख्न सक्नुपर्ने बताउनु भयो ।