fbpx

महिला सांसदहरुलाई जसरी अफ्ठ्यारो परेको छ, त्यसरी नै महिला पत्रकारहरुलाई पनि गाह्रो छ’:-इन्दिरा राना

author

समाचारपाटी

९ महिना अगाडि

उपसभामुख इन्दिरा रानाले प्रविधिमा महिलाको पहुँच पुग्न नसकेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा भएको एक कार्यक्रममा उहाँले प्रविधिमा महिलाको पहुँच पुर्याउने नारा लगाएपनि नाराअनुसार काम हुन नसकेको बताउनुभएको हो । उहाँले अहिले पनि विभिन्न वडा सदस्यहरुसँग एउटा मोबाइलको पहुँच नहुँदा सामान्य सूचनाहरुसमेत हेर्न र पढ्न नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले राज्यले हरेक वडा सदस्यहरुलाई एउटा बमोबाइल प्रदान गर्न आवश्यक रहेको बताउनु भयो । मोबाइलको प्रयोगले उनीहरुको क्षमता विकास हुने उहाँको भनाइ थियो । उहाँले निर्भिक भएर कलम चलाउने पत्रकारहरुको सुरक्षाका लागि सांसदहरुले बसह गर्न जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हाम्रा कयौँ पत्रकार साथीहरुलाई मारिएको छ । उहाँहरुले एउटा शाहस लिएर बेथिति, भ्रष्टाचारको बिरोधमा ति कुराहरु लिन जाँदा उहाँहरु ज्यान जोखिममा राखेर अघि बढ्नुभएको छ । यो प्रजातन्त्र जुन हाम्रो देशमा आयो, त्यसमा पनि पत्रकार साथीहरुले विचारको क्रान्ति नगरेको भए हामीले त्यो कुनै रगतको खोला बगाउँदैमा यो प्रजातन्त्र आएको होइन । यो कुरा यहाँ मान्यज्युहरुले बुझ्नुपर्छ । उहाँहरुको कति भुमिका छ । म अब पत्रकार त होइन, तर पनि उहाँहरु जस्तो लेख्न म सक्दिन । हामी मिलेर काम गर्नुपर्छ । महिला सांसदहरुलाई जसरी अफ्ठ्यारो परेको छ, त्यसरी नै महिला पत्रकारहरुलाई पनि गाह्रो छ । कति जनाले ज्यान गुमाउनु परेको छ, कति जना ह्यारेसमेण्ट हुनुभएको छ । कति जना बलात्कार भएका छन् । हामी पत्रकार साथीहरुको अभिभावक हो नि । निर्भिक भएर कलम चलाउनेहरुको पनि सुरक्षाका लागि हामी अघि बढ्नुपर्छ । हामीले बहस गर्नुपर्छ । हामीले बजेट छुट्याउनुपर्छ राज्यबाट । महिला पत्रकार साथीहरुलाई जुन एउटा कानूनले दिएको छ र पनि त्यो कार्यान्वनय भएको छैन । महिलालाई लगानी गर्ने र सभ्य र समुन्नत समाज थालनी गर्ने भनेको छ, त्यसमा हामी आजैदेखि लाग्नुपर्छ । प्रविधिमा महिलाको पहुँच भनेको छ, कहाँ पुगेको छ पहुँच ? महिलाहरुमा । वडामा एक जना सदस्यको मोबाइल राम्रो छैन । त्यो अवस्थामा छौँ । उहाँहरुको तलव १० हजार हो । मैले त्यो १० हजार त पार्ट टाइम काम गर्ने दिदिलाई दिएको छु । त्यो अवस्था छ । खै त पहुँच पुगेको ? वडा सदस्यलाई एउटा मात्रै मोबाइल राज्यले दिने हो भने पनि उहाँहरुको क्षमता वृद्धि हुन्थ्यो ।’

उपसभामुख रानाले महिलाको हक अधिकारकारको सुनिश्तिता गर्न राज्यबाट आवश्यक बजेट छुट्याउनुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक