fbpx

‘यहाँ जतिपनि प्रतिनिधि आउनुभएको छ, उहाँहरु जनताको प्रतिनिधि हो’:-इन्दिरा राना

author

समाचारपाटी

१ year अगाडि

उपसभामुख इन्दिरा रानाले कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश नबन्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपसभामुख रानाले संसदप्रति कार्यपालिका र न्यायपालिका हाबी भएमा देश नबन्ने बताउनुभएको हो । उहाँले सत्तारुढ पार्टी र प्रतिपक्ष पार्टी मिलेर जनताको हितमा काम गर्नुपर्ने बताउनु भयो । उहाँले कुनैपनि पार्टीगत स्वार्थमा काम गर्नु नहुने बताउनु भयो । संसदबाट राम्रो कानुन र नीति निर्माण हुनुपर्ने बताउनु भयो । उपसभामुख रानाले शक्ति हुनेको ठाउँमा मात्रै विकास जाने कुरा नभई सबै ठाउँमा विकास जानुपर्नेमा जोड दिनुभयो । उहाँले विकास निर्माणको काममा विकट क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो–‘यहाँ जतिपनि प्रतिनिधि आउनुभएको छ, उहाँहरु जनताको प्रतिनिधि हो । अपोजिसन पार्टी र रुलिङ पार्टी मिलेर काम गर्नुपर्छ र जनताको हितमा काम गर्नुपर्छ । कुनै पार्टीगत स्वार्थ होइन । कोही बेला संसदप्रति कार्यपालिका हाबी, न्यायपालिका हाबी यस्तो तरिकाले देश बन्दैन । सबै जना मिलेर जनताको हितको लागि काम गर्नुपर्यो । राम्रो कानुन बन्नुपर्यो । राम्रो नीति निर्माण गर्नुपर्यो । जसको पावर छ, जसको बाहुल्यता छ, त्यहाँ मात्रै विकास जाने कुरा होइन । सबै ठाउँमा जानुपर्यो । विकटलाई पहिलो प्राथमिकता हुनुपर्यो भन्ने नै मेरो धारणा छ । मिटरब्याजी÷लघुवित्त पीडितको माग समयमै पूरा हुनुपथ्र्यो । हरेकले नियम, कानून र अनुशासनमा रहनुपर्छ । निषेधित ठाउँमा नजानु भनेपछि जानु हुन्न उहाँहरु पनि । तर उहाँहरुलाई पीडा छ । भोक छ । भोको पेटले आदर्श भन्दैन । त्यसकारणले सरकारले संवेदनशील भएर उहाँहरुको मागलाई विचार गर्नुपर्छ । जनताले पनि निषेधित ठाउँमा जानु हुँदैन । कानूनलाई मान्नुपर्छ । अनुशासनलाई मान्नुपर्छ । सबैको यो जिम्मेवारी हो ।’
उहाँले लघुवित्त पीडितहरुको माग समयमै पुरा हुनुपर्ने उल्लेख गर्दै उनीहरु पनि आन्दोलनका क्रममा नियम, कानून र अनुशासनमा बस्नुपर्ने बताउनु भयो । उहाँले निषेधित ठाउँमा आन्दोलनकारी जानु नहुने धारणा राख्नुभयो । उनीहरुको माग सम्बोधन गर्न सरकार संवेदनशील हुनुपर्ने उपसभामुख रानाको भनाई छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, चैत्र १०, २०८१

१५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन