‘एमालेप्रतिको क्रेज देखियो,नयाँ पार्टीहरुको कुनै क्रेज देखिएन’:-पृथ्वीसुब्बा गुरुङ

author

समाचारपाटी

१ year अगाडि

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताउनुभएको छ ।

शनिवार पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राले जनताहरु राजतन्त्र र नयाँ दलप्रति आकर्षित नरहेको पाएको बताउनु भयो । उहाँले नागरिकमा जनताको क्रेज अत्याधिक रहेको पाएको पनि दाबी गर्नुभयो । उहाँले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको बताउनु भयो । उहाँले वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको बताउनु भयो । उहाँले राजनीतिक रुपले मध्य पहाड क्षेत्र धेरै उर्वर रहेको पाएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘पहिलो कुरा यसको राजनीतिक सन्देश के देखियो भने काठमाडौंतिर अहिले हल्ला छ नि । राजतन्त्र फर्किएको हल्ला । त्यो राजतन्त्रको पक्षमा मानिसहरु देखिएन । एमालेप्रतिको क्रेज देखियो । नयाँ दलहरु जो भनिएको छ, पार्टीहरु भन्ने गरिएको छ, एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई पनि एउटा जवाफ के भने तल जनताको बीचमा नयाँ पार्टीहरुको कुनै क्रेज देखिएन । तेस्रो कुरा संघीयताको पक्षधर भनिएकाहरुले एमाले संघीयता बिरोधी भनेर जुन खालको प्रश्न गर्न खोजिएको थियो, त्यसमा पनि प्रश्न देखिएन । एमालेमाथि जुन खालको आरोप लागेको थियो, त्यसको खण्डन जनताले यही यात्रामार्फत दिएको छ । यो सरकारले कुनै निर्माणको काम अघि बढाउन सकेको छैन । राजनीतिक रुपले मध्य पहाड धेरै नै उर्वर देखिन्छ । मध्यपहाडी करिडोर बनाएर सडक करिडोर बनाइयो तर आर्थिक करिडोरको कुनै नीति ल्याइएको छैन । आर्थिक बस्तीका योजना बनाउनुपर्छ ।’ 

एमाले पहिचानबिरोधी होइन, एमाले पहिचानबिरोधी भएको भए निर्वाचन प्रणाली किन समावेशी राख्थ्यो । समानुपातिक समावेशी भनेर राखेका छौँ । 


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...