fbpx

मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छुः उपप्रधानमन्त्री प्रकाशमान सिंह

author

समाचारपाटी

२ हप्ता अगाडि

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने बताउनुभएको छ ।


शुक्रवार काठमाडौंमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रिय सभाको २९ औँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेत्र ज्योतिको समस्या हुने व्यक्तिको आँखा र स्वास्थ्यका लागि चिकित्सले प्रयोग गर्न सुझाव दिने चश्मामा लाग्ने कर हटाउनुपर्नेमा उहाँको जोड छ । उहाँले नेत्रज्याति संघ गैरसरकारी र गैरनाफामुलक भएको उल्लेख गर्दै चश्मामा लाग्ने मूल्य अभिवृद्धि कर व्यवहारिक बनाउनसके संघले गरिरहेको कार्यमा टेवा पुग्ने बताउनु भयो । उहाँले मेडिकल चश्मामा लगाइने मूल्य अभिवृद्धि कर हटाउन अर्थमन्त्री र प्रधानमन्त्रीसँग पहल गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले ध्यान दिनुपर्ने यो जुन चश्मामा चाहीँ भ्याट लाइरहेको छ । जस्मा भन्नासाथै फेरि पावर ग्लासहरुलाई गनिन्छ । तर आजकल त के छ भन्दाखेरि पावरग्लास मात्रै होइन फेरि निकै फेन्सिबल चश्माहरु पनि हामी पाउँछौं । त्यस्ता चस्माहरु बाहेक आँखा र स्वास्थ्यका लागि चिकित्सकले प्रयोग गर्न सुझाव दिने चश्माहरुमा भ्याट हटउँदाखेरि राम्रो हुन्छ भन्ने कुराहरु आइरहेका छन् । हाम्रो स्वास्थ्य तथा जनसंख्यामन्त्रीज्यु पनि यही हुनुहुन्छ । यसमा वर्कआउट गर्नका लागि हामीले के गर्न सकिन्छ त्यसमा ध्यान दिनेछौं भन्ने कुरा राख्न चाहान्छु । तपाईको संस्था गैरसरकारी भएको र नाफामुलक नभएको हुनाले पनि करमा अलिकति रिभाइज गरेर व्यवहारिक बनाउन सकियो भने नेपालको नेत्रज्योति संघले गरिरहेको कार्यमा टेवा पुग्ने भएको कारणले गर्दा हामीले त्यसमा ध्यान दिनु नै पर्ने हुन्छ । त्यसका लागि म अर्थमन्त्रीदेखि लिएर प्रधानमन्त्रीसँग कुरा गरेर यसमा के गर्न सकिन्छ त्यसका लागि प्रयत्न गर्नेछु ।’


उहाँले नेत्रज्योति संघले गरिरहेको कार्यको प्रसंशा गर्दै जारी अधिवेशनको सफलताको लागि शुभकामना समेत व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

९.९६°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक