‘मिटरब्याज पीडितलाई न्याय दिनबाट सरकार कुनै हालत पनि पछि हटदैन’:- उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

author

समाचारपाटी

२ महिना अगाडि

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुलाई न्याय दिनबाट सरकार पछि नहटने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

आईतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । उपप्रधानमन्त्री श्रेष्ठले मिटरव्याज पीडितहरुलाई न्याय दिलाउने काम टार्नका लागि उच्च स्तरीय आयोग बनाएको भनेर नसोच्न पनि सांसदहरुलाई पटकपटक आग्रह गर्नु भयो । यो समस्यालाई विषयान्तर गर्न अव नदिइने र पीडितलाई सरकारले न्याय दिनका लागि संकल्प लिएको उहाँको भनाई थियो । उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारलाई सहयोग गर्न सांसदहरुलाई अपिल गर्नु भयो । उहाँले भन्नु भयो, ‘मिटर ब्याजसम्बन्धि समस्या समाधान गर्ने भनेको अहिले पीडितहरुलाई त्यो पीडाबाट मुक्त गर्नु र उनीहरुलाई न्याय दिलाउनु हो । यस कार्यमा तपाईहरुको प्रश्नमा अन्तरनिहित आशय र आवाजले सरकारलाई यो समस्या समाधान गर्न र पीडितलाई न्याय दिन बल पुगेको छ । त्यसका निम्ति म विशेष धन्यवाद दिन चाहन्छु ।

जुनसुकै कोणबाट भएपनि यो समस्या समाधान हुनुपर्छ । पीडितहरुको पक्षमा भन्ने नै यसको सार हो । तर म तपाईहरुलाई सरकारको तर्फबाट र गृहमन्त्रीको रुपमा म प्रष्ट भन्न चाहन्छु–यो मिटर ब्याज पीडितहरुलाई न्याय दिलाउने काममा सरकार प्रतिवद्ध छ । र, हरहालतमा गरिनेछ । यो कवुल हो हाम्रो । अव यो आयोग बनाएर, भ्रम दिन खोजिएको, फेरी टार्न खोजिएको भनेर कसैले नसोच्दा हुन्छ । माननीयजीहरुलाई म भन्न चाहन्छु–तपाईहरुको  पनि सहयोग चाहिन्छ । तर कुनै पनि हालतमा मिटर ब्याजीहरुलाई छोडिदैन । पीडितहरुलाई न्याय दिनबाट पछाडि हटिदैन । यस कुरामा तपाईहरुको सहयोग चाहिन्छ । म यो अपिल गर्न चाहन्छु ।

कुनै पनि कोणबाट, कुनै तर्क गरेर, कुनै राजनीतिक कोणबाट विषयलाई प्रस्तुत गरेर यो विषयलाई अव विषयान्तर गर्न दिईदैन । हर हालतमा मिटरब्याज पीडितहरुलाई न्याय दिईन्छ । उनीहरुको अधिकार दिईन्छ । उनीहरुलाई मुक्त गरिन्छ । यो हाम्रो संकल्प हो । हाम्रो प्रतिवद्धता हो । अव प्रश्न छ केही स्पष्टताको । एकारित ऐन बनाउने अर्कोतिर आयोगले तलै गएर छानवीन गर्ने । मैले के भनेको छु भने यसलाई आर्थिक अपराध वा कसुरको रुपमा लिएर यसको आधारमा स्पष्ट व्याख्या कानुनमै गर्न कानुन संशोधनको प्रक्रिया अघि बढाउने हो । त्यसका निम्ति मन्त्रीपरिषदले यसलाई ऐन संशोधन गर्न विधेयक पठाउने गरी प्रक्रिया अघि बढाईसकेको छ । त्यो कानुन संशोधनको प्रक्रिया अघि बढछ । आयोग चाँही मिटरब्याजी समस्या समाधानका लागि नेपालमा मिटरव्याजी समस्या पनि छ । यसका कारण यो हो, यसको समधान गर्नका लागि यो यो गर्न सकिन्छ भनेर जनरल आयोग यो होइन । यो आयोग पीडितहरुबाट उजुरी लिएर छानवीन गरी पीडित र पीडिकहरुको छानवीन गरेर सत्य प्रष्ट गरिदिएर त्यसको आधारमा उपयुक्त कारबाहीका लागि सिफारिस गर्नका लागि हो । ’

उपप्रधानमन्त्री श्रेष्ठले मिटर ब्याज असुल गर्ने कुरालाई आर्थिक अपराध वा कसुरको रुपमा लिएर कानुन निर्माणका लागि सरकारले मन्त्रीपरिषदबाट कानुन संशोधनको प्रक्रिया पनि अघि बढाईसकेको बताउनु भयो । उहाँले मिटरव्याज पीडितलाई न्याय दिनका लागि सत्य पत्ता लगाउन सरकारले सो सम्बन्धमा छानवीन गर्न उच्च स्तरीय आयोग बनाउनु परेको पनि स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीलाई विज्ञको सुझाव, भारत भ्रमणमा मेन्यु लिएर नजानुस्

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य हुन्न :...

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँने...

विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विचार

अल्पविकसित देशहरुमा सार्वजनिक प्रशासनको भूमिका र नेपालको सन्दर्भ

सार्वजनिक प्रशासनले लक्षित व्यक्तिहरूको हितको लागि असल र प्रभावकारी नीति निर्माणका लागि राजनीतिक नेतृत्वलाई आवस्यक मद्दत गर्दछ। समाजको सामाजिक र...

विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

चलचित्र टुल्की शुक्रवारबाट प्रदर्शनमा

जेठबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत...

नेपाल अफ्रिका फिल्म फेस्टिबल असार १ बाट सुरू हुने

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

आइतवार, जेष्ठ १४, २०८०

२३.२७°

-
Clouds