‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक छ’:- उपमेयर सुनिता डङ्गोल

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले देशलाई समृद्धिको बाटोमा अघि बढाउने युवा शक्तिले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको युवा उत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको  हो । उहाँले यतिबेला असल र सक्षम युवा देशका लागि आवश्यक भएको बताउनु भयो । उहाँले देश निर्माणका लागि राजनीतिमै लाग्नुपर्छ भन्ने सोच त्यागेर युवा पुस्ताले जुन पेशा वा व्यवासायमा छ त्यसैमा राम्रो काम गरेर योगदान दिनुपर्ने बताउनु भयो । उहाँले सबै युवामा केही न केही सोच र क्षमता भएको भन्दै इमान्दार र जिम्मेवार भएर क्षमता प्रदर्शन गर्नपर्नेमा जोड दिनुभयो । उहाँले कुनैपनि काम गर्दा आइपर्ने समस्यालाई हार नखाइ निरन्तर अगाडि बढ्दा सफल भइने बताउनु भयो । उहाँले नेकपा एमाले असल पार्टी भएकाले युवा पुस्तालाई सामाजिक सञ्जालमार्फत असल कामको प्रचारप्रसार गर्न सिकाइरहेको बताउनु भयो । युवा शक्तिमा देशका लागि सकारात्मक काम गर्ने हुटहुटी हुनुपर्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘म एउटा कुरामा सदैव विश्वास गर्ने गर्छु, त्यो हो सफलता उनीहरुले नै पाउँछन् जसले कहिल्यै पनि हार मान्दैन । सफलताले उसैलाई पच्छ्याउँछ जसले कहिल्यै हार मान्दैन । अहिलेको समयमा हामीलाई चारैतर्फबाट चौतर्फी आक्रमण भएको हामी सबैले महशुस गर्न सक्छौँ । तर जतिसुकै आक्रमया भए तापनि हामी विचलित हुने छैनौँ । राष्ट्र निर्माणका लागि हामी सबै एकजुट भएर निरन्तर अगाडि बढ्छौँ । हामी कहीँ पनि थाक्ने छैनौँ । हामी कहिल्यै पनि रोक्ने छैनौँ । सोसल मिडियामा भाइरल बनेर उग्र बन्न एमालेले सिकाउँदैन । एमालेले राम्रा कामको प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ । त्यसकारण मलाई एमाले मन पर्छ । हामी सबैमा योजना छ । भिजन छ, स्टाटेजी छ । सबैभन्दा ठुलो हामीमा शक्ति छ ।

किनभेन हामी युवा हौँ । र हामी उमेरले युवा भएर मात्रै पुग्दैन । अबको आवश्यकता हो सक्षम युवाको, असल युवाको, इमान्दार युवाको, जिम्मेदार युवाको र राष्ट्रवादी युवाको । देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक छ । यो समाजको आजको आवश्यकता हो । नयाँ ऊर्जा र नयाँ भिजन थप्नका लागि र यो सँगसँगै पार्टीमा नयाँ आयाम थप्नका लागि असल, सक्षम र राष्ट्रवादी युवाको आवश्यक छ । म सम्पूर्ण युवालाई आग्रह गर्न चाहन्छु आउनुहोस् हातेमालो गरौँ । देश निर्माणका लागि सँगसँगै जुटौँ । केही गर्नसक्छौँ भन्ने उदाहरण बनौँ । सबै कुरा त्यागेर देशलाई अघि बढाउन लागौँ । यसका लागि राजनीतिनै गर्नुपर्छ भन्ने छैन ।  तपाई हामी जुन ठाउँ र पेशामा छौँ, जुन ठाउँमा छौँ  त्यहीँबाट असल भएर देशलाई योगदान पुर्याउने समय हो ।’


उपमेयर डङ्गोलले आफू युथ ग्लोवल लिडरको रुपमा चयन भएर विश्वमा नेपालको नाम उच्च राख्न सफल भएको बताउनु भयो । उहाँले आफ्नो सफलता आफ्नो लागि मात्रै नभएर राष्ट्र र सम्पूर्ण युवा शक्तिका लागि भएको बताउनु भयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

२८.७२°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान