‘स्वस्थ जनशक्ती भएको पालिकामा विकासले गति लिन्छ’ :- उपमेयर मंजुदेवी गुरुङ

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा –१५ को बृहत् खेलकुद महोत्सव धुमधामका साथ सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नं –१५ ले आयोजना गरेको वडास्तरिय दोस्रो बृहत् खेलकुद महोत्सव शुक्रवार सम्पन्न भएको हो ।

शुक्रवार सम्पन्न क्लब तथा टोल स्तरीय फुटबल खेलमा श्री –१५ (फलेपाटन) ले गलेश्वर टोललाई ३–० ले पराजित गर्यो। गत वर्ष क्वाटर फाइनलमा गलेश्वरलाई पेनाल्टीमा हराएको श्री –१५ ले यस वर्ष फाइनलमा गलेश्वर विरुद्ध ३–० को फराकिलो जित निकालेको हो ।

शुक्रवारको टोल तथा क्लब स्तरीय फुटबलको फाइनल खेलसँगै पोखरा –१५ ले विभिन्न ९ विधामा आयोजना गरेको खेलकुद महोत्सव सम्पन्न भएको छ। जितसँगै विजेता श्री १५ ले नगद ३० हजार को साथमा शिल्ड र प्रमाणपत्र हाते पारेको छ भने, उपविजेता गलेश्वरले नगद २५ हजार शिल्ड र प्रमाणपत्र हात पारेको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपमेयर मंजुदेवी गुरुङले वडा नं –१५ ले आयोजना गरेको दोस्रो संस्करणको बृहत् खेलकुद महोत्सव पूर्ण रूपमा सफल भएको बताउनुभयाे । आगामी वर्षमा पनि यस किसिमको महत्त्वपूर्ण अवसरलाई निरन्तरता दिन आग्रह गर्दै वडाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेकोमा धन्यवाद दिनुभयाे। खेलकुद युवाहरूका लागि मात्र नभएर खेल सबैका लागि आवश्यक रहेको बताउँदै उहाँले खेलले शारीरिक र मानसिक विकास गर्ने बताउनुभयाे। मानिस शारीरिक र मानसिक रूपमा स्वस्थ रहे मात्र विचार र आचरण पनि स्वस्थ हुने भन्दै ‘जुन पालिकामा जुन देशमा स्वस्थ जनशक्ति हुन्छ त्यो ठाउँको विकासले पनि गति लिन्छ’ गुरुङले भन्नुभयाे।

कार्यक्रमका अतिथि तथा पोखरा १४ का वडाध्यक्ष बोध बहादुर कार्कीले विजयी खेलाडी टिमलाई बधाई दिनुभयाे। उहाँले वडाहरू बिच हातेमालो गर्दै सहकार्य गरेर अगाडि बढ्नुपर्ने भन्दै वडा नं –१५ ले आयोजना गरेको खेल महोत्सवको सिको गर्दै आफ्नो वडामा पनि यस किसिमको प्रतियोगिता सञ्चालन गर्ने बताउनुभयाे ।

खेल महोत्सवका संयोजक आशिष भण्डारीले सम्पूर्ण वडावासी, खेलाडी तथा शुभेक्छुकहरूको सहयोगका कारण चार दिनसम्म भएको खेल महोत्सव सफलता पूर्वक सम्पन्न भएको बताउनुभयाे। उहाँले यस वर्ष भएका कमीकमजोरीहरू बाट पाठ सिक्दै आगामी वर्ष अझ तयारीका साथ खेल महोत्सवलाई निरन्तरता दिइने बताउनुभयाे ।

यस्तै कार्यक्रमका सभाध्यक्ष तथा १५ नं वडाका वडाध्यक्ष तोरण बानियाँले खेलकुद कार्यक्रमले वडावासीमा आपसी सद्भाव कायम राख्नुका साथै मित्रता बढेको बताउनुभयाे। उहाँले गत वर्ष खेलकुद महोत्सवमा सहभागी टिमबाट छनौट गरेका खेलाडीले महानगरस्तरीय मेयर कपमा उपविजेता, महिला भलिबलमा तेस्रो र ब्याडमिन्टनमा पुरुषतर्फ दोस्रो र महिलातर्फ तेस्रो बनेको भन्दै यस किसिमको खेल आयोजनाले समग्र वडालाई बलियो टिमको रूपमा चिनाएको बताउनुभयाे ।

खेल महोत्सवको समापन कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उपस्थित रहेको थियो। उनीहरुले विजेतालाई नगद, मेडल शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए।कार्यक्रममा जनशक्ति टोलका महिला दिदी बहिनीहरूले नाच प्रस्तुत गरेका थिए ।

चार दिनसम्म चलेको खेल महोत्सवमा टोल, क्लब तथा विद्यालय स्तरिय फुटबल, महिला –पुरूष भलिबल, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू बिचको बास्केटबल, महिला–पुरूष ब्याडमिन्टन, महिला–पुरूष सडक दौड, आमा समुहहरूको रस्साकस्सी लगायतका प्रतियोगिता भएका थिए ।

कार्यपालिका सदस्य मन्दिरा परियारले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य बलराम पौडेलले स्वागत मन्तव्य राखेका थिए ।तस्बिरमा रातो जर्सिमा विजेता टोली श्री १५ हो ।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन