fbpx

धरानका उपमेयर अइन्द्रबिक्रम बेघाको घर तोडफोड गर्ने ८ जना पक्राउ

author

समाचारपाटी

१ year अगाडि

धरान । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाको घर तोडफोड गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बेलुका केही अराजक समुहले बेघाको घर तोडफोड गरेका थिए।

प्रहरीले उपमेयर बेघाका भाइ बिष्णु बेघासहित ८ जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताउनुभयाे। उपमेयरका भाइ बिष्णुको समुह र सन्देश राईको समूहबीच झडप भएको थियो। दुबैतर्फको झडपमा खुकुरी प्रहारबाट सन्देश राई गम्भीर घाइते हुनुभएकाे छ । शरीरका विभिन्न भागमा चोट लागेकाे उहाँको बीपी प्रतिस्ठानमा उपचार भैरहेको छ।

पक्राउ पर्नेमा सञ्जिव राई, सुरज तामाङ, मेनल तामाङ, राजकुमार लिम्बू, दिपेन्द्र राई, अमृत तामङ, अनिल राई रहेका एसपी रेग्मीले बताउनुभयाे। उपमेयर बेघाले आफ्नो घर आक्रमण गर्ने सबैलाई कडा कारवाही गर्न माग गर्नुभएकाे छ।

उहाँले घर तोडफोड गर्ना साथ धरान प्रहरीलाई जानकारी गराएको भए पनि समयमा प्रहरी नआएको गुनासो गर्नुभएकाे छ। घटनापश्चात् सुनसरी प्रहरी प्रमुख रेग्मी इनरुवाबाट धरान आएर प्रहरी परिचालन गरी आक्रमणकारीलाई पक्राउ गरेका थिए। प्रहरीले बेघाको घर आक्रमण गर्नेलाई सार्वजनिक भने गरेको छैन।


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक