गण्डकी बहुप्राविधिक शिक्षालय, पोखराले विभिन्न चरणमा संचालन गरेका ३९० घन्टे,६५ दिने सिपमुलक तालिमका सहभागीहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
गण्डकी बहुप्राबिधिक शिक्षालयको सभा हलमा आयोजित उप प्रमुख संग प्रशिक्षार्थी कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका को उपप्रमुख मंजुदेवी गुरुङले सिप सिकेर दक्ष बनेको जनशक्ति लाई व्यवस्थापनको जिम्मेवारी महानगर हुने कुरा बताउनुभएको छ ।
हामीले सिप सिकाउने र रोजगार बनाउने अभियानलाई प्राथमिकता दिएका छौ ,पहिले तपा इले सिप सिक्नुस अनि कम्ति मा १० जना लाइ रोजगार दिन सक्ने गरि उद्योग संचालन गर्नु सस्तो ब्याजदरमा ऋण हामीले उपलब्ध गराउने व्यवस्था गरेका छौ । समापन कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले महानगरले लक्षित वर्ग बिशेष विविध कार्यक्रम, कानुनि सचेतता कार्यक्रम लगाएतका विविध कार्यक्रम संचालन गरि रहेको बताउँदै सहयोग आवश्यक भएका दिदि बहिनीहरुलाई महानगरपालिका , वडा कार्यालय महिला जनप्रतिनिधि समक्ष आफ्ना समस्या खुलेर भन्नको लागि आग्रह गर्नु भएको थियो । पोखरा महानगरपालिका शिक्षा निर्देशक एव गण्डकी बहुप्राविधिक शिक्षालयका सन्चालक समिति सदस्य हेम प्रसाद आचार्यको अध्यक्षता मा भएको कार्यक्रमको संचालन शिक्षालयका निर्देशक लक्षमण तिमिल्सिनाले गर्नुभएकाे थियाे ।
कार्यक्रममा पोखरा विश्वबिद्यालयकि निर्देशक बिमला भट्टले बोल्दै महिलाहरुको इच्छा शक्ति भए जुनसुकै सिप सिकेर पनि आयआर्जन गर्न सकिने बताउनु भएको थियो । कार्यक्रममा पोखरा महानगर वडा न २९ वडा अध्यक्ष श्री प्रसाद गुरुङ, पोखरा महानगर आर्थिक प्रशासन महाशखा प्रमुख मनोहर कडोनिया ,प्रशिक्षकहरु धनमाया श्रेष्ठ, प्रभा भुजेलको उपस्थिति रहेको थि यो । भने कार्यक्रम संचालन गण्डकी बहुप्राविधिक शिक्षालय शैक्षिक प्रमुख सरोज अधिकारीले गर्नुभएकाे थियाे ।