fbpx

‘काँग्रेसबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पती छानविन गर्नुपर्छ’:- धनराज गुरुङ

author

समाचारपाटी

१0 महिना अगाडि

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पती छानविन गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार नेपाली काँग्रेसको महासमिति बैठक उद्घाटन सत्रमा बोल्दै उपसभापति गुरुङले पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि आफूजस्ता मन्त्रीहरुसम्मका सम्पती छानविन गर्नुपर्ने प्रश्ताव महासमितिले पारित गर्नुपर्ने बताउनुभएको हो । उहाँले महासमिति बैठकले यस्तो प्रश्ताव पारित गरेमा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नुभयो । उहाँले क्रोनी क्यापिटालिजमका कारणले गर्दा नेताहरु व्यापारीजस्ता व्यापारीहरु नेताजस्ता देखिएका बताउनु भयो । उहाँले महासमिति बैठक क्रोनी क्यापिटालिजमका बिरुद्धमा एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचारका कारण आर्थिक सुशासन कायम गर्न नसकिएको पनि बताउनु भयो । उहाँले भ्रष्टाचार रहेसम्म वर्गिय असमानता कायम रहने बताउनु भयो ।

उहाँले भन्नुभयो –‘अर्थतन्त्रको बारेमा कुरा गर्दै गर्दा निश्चित रुपमा कोरोनाका कारण संसारभर अर्थतन्त्र मन्दीमा पुग्यो । त्यसपछि बिस्तारै बिस्तारै उठिरहेको छ । हाम्रो मुलुकमा पनि अर्थतन्त्र बिस्तारै बिस्तारै सकारात्मक दिशातर्फ उन्मुख भइरहेको कुरा मैले भनिरहनु पर्दैन । परिवर्तनको यात्रामा अगाडी बढिरहेको छ । किन हामीले अझ ह्वात्तै फड्को मार्न सकिरहेका छैनौँ भन्दा एउटा कुरा भन्नैपर्छ, नेपाली राजनीतिमा देखिएको यो क्रोनी क्यापिटालिजमको प्रभावले कतै हामीले बाटो पहिल्याउन सकिरहेका छैनौँ कि रु त्यसतर्फ हामीले बुझ्नु आवश्यक छ । यो क्रोनी क्यापिटालिजमका कारणले गर्दा नेताहरु व्यापारीजस्ता देखिए । र व्यापारीहरु कतै नेताजस्ता देखिए । त्यसैकारणले गर्दाखेरी हामी अल्मल्लिइरहेका छौँ । निवेदन गर्न चाहन्छु कि बहस हामीले यसरी छेड्न सक्नुपर्दछ । यो महासमिति बैठक सम्पन्न गर्दै गर्दाखेरी क्रोनी क्यापिटालिजमका बिरुद्धमा महासमिति बैठक एक ठाउँमा उभिएर एउटा आवाज लिएर अगाडी बढ्न सक्नुपर्दछ । क्रोनी क्यापिटालिजमकै कारणले गर्दाखेरी आर्थिक सुशासन जसरी कायम गर्न खोजिरहेका थियौँ त्यसरी आर्थिक सुशासन कायम गर्न सकेका छैनौँ । आर्थिक सुशासन कायम गर्न नसक्नु भनेको भ्रष्टाचार नै हो । भ्रष्टाचारका कारण हामी अल्मल्लिएका छौँ । त्यसैले गर्दाखेरी म निवेदन गर्न चाहन्छु, जबसम्म भ्रष्टाचार रहन्छ, तबसम्म विपन्नलाई सम्पन्न बनाउन सकिँदैन । भुँइ मान्छेलाई माथि उठाउन सकिन्न । झुपडीलाई महलमा परिवर्तन गर्न सकिन्न । फेदमा बसेकोलाई टुप्पोमा पुर्याउन सकिदैन । यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु । जनतालाई छुने गरेर यो महासमिति बैठक सम्पन्न हुनैपर्छ । त्यसकारणले काँग्रेसको तर्फबाट वडा अध्यक्ष भएदेखि मजस्ता मन्त्री भएकाहरुको सम्पती छानविन गरिनुपर्छ भन्ने प्रश्ताव यो महासमितिले प्रश्ताव पारित गरिनुपर्छ म निवेदन गर्न चाहन्छु । यति गरेमा आगामी दिनमा पहिलो पार्टी मात्र होइन बहुमतको पार्टी फेरि तीनै तहमा अगाडी बढ्नेछौँ ।’

उपसभापति गुरुङले पार्टीको संगठनात्मक संरचना कस्तो बनाउने भन्ने विषयमा महासमिति बैठकले उपयुक्त निर्णय गर्नुपर्ने बताउनुभयो । केन्द्रिय समिति बैठकले गरेका निर्णयहरुलाई महासमिति बैठकले सच्याउन पनि सक्ने उहाँको भनाई छ ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन