fbpx

अझै दुईतीन दिन देशैभर मौसम सफा नहुने

author

समाचारपाटी

९ महिना अगाडि

काठमाडौं । देशैभर अझै दुईतीन दिन मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ ।

मौसमविद् शान्ति कँडेलले भन्नुभयाे, ‘आगामी दुईतीन दिनसम्म देशैभर नै मौसम सफा हुने देखिन्न ।’अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । अहिले पनि देशभर आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा समेत भइरहेको छ ।

गए राति पनि काठमाडौं उपत्यकासहित गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भएको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लमजुङको कुन्छा भन्ने ठाउँमा भएको छ । त्यहाँ ६१ मिलिमिटर वर्षा भएको मौसमविद् कँडेलले जानकारी दिनुभयाे ।यसैगरी चितवनको त्रिशूलीमा ५३.६ मिलिमिटर र तनहुँको बन्दीपुरमा ५२ मिलिमिटर वर्षा मापन भएको छ ।

कोशी, बागमती र गण्डकीमा एकरदुई दिनदेखि नै वर्षाको गतिविधि बढिरहेको बताउँदै मौसमविद् कँडेलले काठमाडौं उपत्यकामा आज राम्रोसँग घाम नलाग्ने बताउनुभयाे । ‘काठमाडौंमा आज पनि राम्रोसँग घाम लाग्दैन । पानी पर्ने, रोकिने, फेरि पानी पर्ने क्रम जारी रहन्छ’, उहाँले भन्नुभयाे ।

चैतको महिनामा सामान्यतया बिहानैदेखि दिउँसोसम्म चर्को घाम लाग्ने, साँझपख हावाहुरी चल्ने र चट्याङ सहित असिना पानी पर्ने गर्छ । तर अहिले माघेझरी जस्तो मौसम देख्दा आफूलाई अनौठो लागिरहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेल बताउँछन् ।

‘अहिले राति-राति पानी परिरहेको छ । यस्तो त मनसुनको बेलामा हुन्छ, दिनभरी माघेझरी जस्तो पनि देखिन्छ, मलाई अनौठो लागिरहेको छ’ मेडिटेरियन रिजनबाट नेपालसम्म आउने प्रणाली एकदुई दिनसम्म बसेर जानुपर्नेमा अहिले लामो समयसम्म कायम छ । यसलाई विस्थापित गर्ने अर्को प्रणाली तत्काल आउने सम्भावना नदेखिएकाले आगामी शनिबारसम्मै आकाश राम्रोसँग नउघ्रिने मौसमविद् पोखरेलले बताउनुभयाे ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि शनिबारसम्म बदली र वर्षाको प्रक्षेपण छ । बुलेटिनमा लेखिएअनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि परामर्श दिंदै महाशाखाले भनेको छ, ‘ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।’

onlinekhabar


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन