पोखरामा दन्त स्वास्थ्य शिक्षा तथा शिविर, १ सय २५ जनालाई स्वास्थ्य सेवा

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा बैदाम र लियो क्लब अफ पोखरा संगमको आयोजनामा पोखरामा दन्त स्वास्थ्य शिक्षा तथा शिविर भएको छ । पोखरा ६ लेकसाइडका सामुदायीक प्रहरी सेवा बैदामको कार्यालयमा भएको शिविरमा करिब १ सय २५ जनाले स्वास्थ्य सेवा लिएका छन् । पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टरको प्राविधिकि तथा पोखरा महानगरपालिका वडा नम्बर ६ को सहकार्य रहेको थियो ।

मुख, गिजा तथा दन्त स्वास्थ्य शिक्षा दिने उद्देश्यले आयोजना भएको कार्यक्रममा कसरी मुख, गिजा तथा दातलाई स्वास्थ्य राख्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएको थियो । सेन्टरकी प्रशिक्षक दशमी गुरुङले स्वस्थ रहन मुख, गिजा र दाँत सफा राख्नु पर्ने बताउनुभयाे । उहाँले मुख स्वास्थ्य भनेको दाँत मात्र नभई गिजा, जिब्रो, भित्रको गालासमेत रहेको बताउनुभयाे । दाँत मात्र माँझेर मुख सफा वा स्वस्थ नहुने उहाँको भनाई छ । दाँतका साथसाथै जिब्रो, गिजालाई पनि सफा र स्वस्थ राख्नु पर्ने उहाँको भनाई छ ।

शिविरमा सबै भन्दा बढि दाँतमा किरा लागेका विरामीहरु आएको सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर बरालले बताउनुभयाे । उहाँले किरा लागेर दाँत टुक्राटुक्रा भएर झर्ने, गिजासम्बन्धी समस्या भएर दाँत झर्ने तथा सुन्निने समस्या भएका विरामी धेरै आएको बताउनुभयाे ।

शिविरमा स्वदेशी तथा विदेशी नागरीकले स्वस्थ्य सेवा लिएका थिए । नेपालमा दाँतको समस्या भएका विरामी धेरै हुने भएकाले आफुहरुले शिविर राखेको लियो क्लब अफ संगमका अध्यक्ष सगुन पौडेलले बताउनुभयाे ।

शिविरको उद्घाटन कार्यक्रममा लायन्सका पुर्व गर्भनर दिपक श्रेष्ठ, पोखरा महानगरपालिका वडा नम्बर ६ का सदस्य दिपेन्द्र पहारी, सामुदायीक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पुर्व अध्यक्ष पम्फा पहारी, लियो क्लब अफ संगमका सचिब आरम्भ पहारी लगाएतले लायन्स, सामुदायीक प्रहरी र मुख, गिजा र दाँतको सफाइका बारेमा चर्चा गरेका थिए । उनीहरुले दिनको दुई पटक दाँत माझ्ने, जहिले पनि मञ्जन प्रयोग गर्ने लगाएतका कुरामा ध्यान दिनु पर्ने बताएका थिए । शिविरमा डाक्टर विनिता ढुङ्गाना, आरडिएच सुनिल घले, अन्जली गुरुङ, रेजिया लगाएतले शिविरमा सेवा प्रदान गरेका थिए ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’