fbpx

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप,चार जना प्रदर्शनकारी पक्राउ

author

समाचारपाटी

१ year अगाडि

विराटनगर । प्रदेशको नाम खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शनमा गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा चार जना प्रदर्शनकारी पक्राउ परेका छन्। 

ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेश १ को पुन: नामकरण गर्नुपर्ने माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। महेन्द्र चौकबाट सुरु भएको र्‍याली रोडशेष हुँदै निषेधाज्ञा क्षेत्रभित्र प्रवेश गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वरिपरि मोरङ प्रशासनले जारी गरेको निषेधाज्ञा क्षेत्रभित्र प्रदर्शनकारीहरू प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस र हवाइ फायर समेत गरेको छ। 

त्यसको विरुद्धमा आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री कार्कीको पुत्ला दहन गर्दै ढुंगामुडा गरेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङले देवकोटा चौकस्थित प्रदेशसभा सचिवालय र रोडशेषस्थित मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। 

उक्त क्षेत्रमा प्रदर्शनकारी प्रवेश गर्न खोजेपछि अश्रुग्याँस प्रहार गरिएको प्रहरीले जनाएको छ। सो क्रममा केही राउण्ड हवाइ फायर समेत गरिएको स्थानीयले बताएका छन्। 

प्रदेश सरकारले भने फाल्गुण १७ गते प्रदेशको नामकरण गरेको थियो। प्रदर्शनकारीहरूले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका छन्। प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध चर्को नाराबाजी समेत गरेका छन्। 

annapurnapost


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन