काठमाडौं । हिजोको प्रदर्शनमा १९ जनाको ज्यान जानेगरी राज्यले बर्बर दमन गरेको भन्दै यसको विरोधमा युवा पुस्ताले आज पनि प्रदर्शन थालेका छन् ।
काठमाडौंको कलङ्की, बानेश्वर लगायतका क्षेत्रमा प्रदर्शन भएको हो । काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्युका लागे पनि युवाहरुले प्रदर्शन गरेका हुन् ।
हिजोको प्रदर्शनमा १९ जनाको ज्यान गएको छ भने चार सय जनाभन्दा धेरै घाइते भएका छन् । राज्यबाट भएको दमनको चौतर्फी निन्दा भैरहेको छ ।