पोखरा । राष्ट्रिय स्वतन्त्र पाटिका सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले रत्नचोकहुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएकाे हाे । उहाँ कात्तिक २ गते पक्राउ पर्नुभएकाे हाे । सभापति पक्राउ परेदेखि नै राजनीतिक पूर्वाग्रह राखिएको भन्दै रास्वपा नेता, कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन् । आज लामिछानेलाई म्याद थपका लागि तेस्रोपटक अदालत उपस्थित गराउने बेला बाहिर उहाँका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
सोही क्रममा भिड निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रण गर्न प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।