वचत फिर्ताको माग राख्दै काठमाडौंमा बिरोध प्रदर्शन

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सहकारी पीडित वचतकर्ता महासंघ संघर्ष समितिले वचत फिर्ताको माग राख्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।


सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिवार काठमाडौंको माईतीघरदेखि वानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

सहकारी वचतकर्ता पीडितहरुले सहकारीहरुले खाएर भागेको वचत फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दा समेतवचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताए ।

संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको वचत फिर्ताको लागि राज्यका सबै निकायहरु धाउँदा कतै पनि सुनुवाई नहुँदा संयुक्त रुपमा पीडितहरु सडक आन्दोलनमा आएको बताउनु भयो ।

उहाँले सरकारसँग सहकारी पीडितहरुको माग सहकारीहरुलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरुले बनाउने निजी ऐन बन्द गर्नुपर्ने रहेको बताउनु भयो ।

उहाँले सहकारीमा वचत गरेको लाखौं रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले न्याय सडक आन्दोलनमार्फत माग्न बाध्य भएको बताउनु भयो । उहाँले काठमाडौं महानगरपालिका,वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाई कतैबाट पनि नभएको बताउनु भयो ।

उहाँले अहिले १०० भन्दा बढी सहकारीमार्फत ठगिएका वचतकर्ताहरु एक ठाउँमा रहेको बताउनु भयो । उहाँले सहकारीमा बाटोमा दिनभर मकै पोल्ने,भारी बोकेर सहकारीमा जम्मा गरेको पैसा फिर्ता नदिएको भन्दै कुनै कालोधन जम्मा नगरेको बताउनु भयो ।  

पीडितहरुले सडकमा रगत पसिनाले कमाएको पैसा फिर्ता गर,वचतकर्ता रकम अविलम्व फिर्ता गर,आमा नागरिकको वचत फिर्ता गर,सहकारी सञ्चालकको सम्पती तत्काल रोका गर,सहकारीहरुलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर, सम्पूर्ण ठग सहकारीहरुलाई कारबाही गर, सरकार हामीलाई न्याय दे,फरार सहकारी सञ्चालनको तत्काल खोजी गर, हिजोको दिनमा यहाँ छौं,त्यहाँ छौं भन्ने नेताहरु आज कहाँ छन् ? सहकारीको पारले दुःख पाए वचत कर्ताले भन्ने प्लोकार्डसहित नारा लगाइ प्रदर्शनमा गरेका थिए । 


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन