fbpx

महन्थ ठाकुरको गुनासोः अदालतले पनि मधेसलाई न्याय दिएन

author

समाचारपाटी

१ year अगाडि

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अदालतले पनि आफूहरुलाई न्याय नदिएको टिप्पणी गर्नुभएको छ । 

अध्यक्ष ठाकुरले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नदिएको गुनासो गर्नुभएको हो । शुक्रवार काठमाडौंमा आयोजित ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले भाषाको सवाल, राष्ट्रिय पोशाकको सवालमा अदालतले पनि मधेसलाई साथ नदिएको बताउनु भयो । उहाँले सबैभन्दा बढी जनसंख्या भएको मधेस प्रदेशमा कम बजेट दिने काम समेत भएको भन्दै मधेसमाथि भएको विभेदको बिरुद्ध फेरि संघर्ष चर्काउनुपर्ने बेला आएको बताउनु भयो । अध्यक्ष ठाकुरले समग्र मधेसवासीको प्रतिनिधित्व मधेस प्रदेशले मात्रै गर्न नसक्ने भएकाले उनीहरुको हितका लागि पनि आफूहरुले संघर्ष गर्नुपर्ने अवस्था रहेको तर्क गर्नुभयो । 

उहाँले भन्नुभयो ‘विभेद जारी छ । अदालतबाट पनि हामीले जुन न्याय पाउनुपर्ने हो, त्यो न्याय चाहे त्यो भाषाको कुरा हुँदाखेरी, ड्रेसको कुरा हुँदाखेरी व्यवहारमा हामीले यो सबै कुरा पाएका छांै । तर जहाँसम्म वैधानिकताको प्रश्न छ । कुनैपनि भाषा, संस्कृति जब हामी विविधताले भरिएको देश हो । कुनै खास भाषा, खास संस्कृति कुनै खास डेसेलाई नेशनल ड्रेसको रुपमा हेरियो भने अरु के हुन्छ त ? अरुको भाषा, अरुको संस्कृतिलाई के भन्ने त ? यो अवस्था अहिले पनि छँदैछ । रोजगारका जहाँसम्म मामिला छ । यदि जुन सुविधा दिइएको छ । त्यहाँ असफल भयो भने त्यो जेनरलमा पनि दिन पाउँदैन । थोरबहुत त्यसले राहत दिएको छ । त्यहाँ पनि विभेदको सामना गर्नुपरेको छ । आज हेर्नुस् कति हाम्रो सबैभन्दा बढी जनसंख्या भएको मधेस प्रदेश हो । तर मधेस प्रदेशको बजेट सबैभन्दा कम छ । जनसंख्या सबैभन्दा बढी, बजेट सबैभन्दा कम । के कारणले हो, त्यो उहाँहरुलाई थाहा छ । हामीले यसमा भनि सकेको छौं, बिरोध पनि गरेका छौं । अर्को उपनिवेश शब्दको कुरा आयो । उपनिवेशको आफ्नो बोली हँदैन, आफ्नो भाषा हुँदैन । उसको संस्कृति हुँदैन । त्यो हामी अहिले पनि भोलि राखेका छौं । र, हाम्रो जुन संघर्ष छ । संसारले देशको आन्तरिक मामिला भनेर विश्वबाट पनि उपेक्षित भइराखेका छौं । मधेसमा मानव अधिकार उल्लंघन भइरहेको छ । जनसम्हार भइराखेको छ । मधेश प्रदेशले वैधानिक मान्यता त पाएको छ । संविधानले भनेको छ–प्रत्येक प्रदेशसभाले आफ्नो नाम राख्न पाउनुपर्छ । त्यो हिसावले त्यहाँको नामकरण गरिएको हो । वैधानिक मान्यता त प्राप्त गरेको छ । तर, अन्य प्रदेशहरुमा त मधेसीहरु अहिले पनि अल्पमतमा छन । मधेस भएर पनि पूर्ण अधिकार उनीहरुले नपाएको कुरा यहाँहरुले सुनिहाल्नु भएको छ । यसको लागि हाम्रो संघर्ष अहिले पनि जारी छ । अहिले पनि हामी संघर्ष उत्रिनपर्ने अवस्था हुन्छ ।’अध्यक्ष ठाकुरले बहुजातीय मुलुकमा कुनै खास पोशाकलाई राष्ट्रिय मान्यता दिनेकुरा उपयुक्त नहुने धारणा समेत राख्नुभयो ।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...