लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बिस्तारित बैठकमा नेताहरुले देशको समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।
बुधवार काठमाडौंमा बसेको बैठकले देशको समसामयिक राजनीतिक अवस्थामा पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भएको पार्टीका नेता जितेन्द्र सोनलले बताउनु भयो । उहाँले तल्लो इकाइसम्म आफ्नो भुमिका र संगठन बिस्तार गर्न सुधार र मजबुत बनाउने बारेमा छलफल भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक समाजवादी पार्टी केन्द्रिय कार्यकारिणी समितिको बिस्तारित बैठक दुई दिन बस्यो । पार्टीका सम्पूर्ण पदाधिकारीको उपस्थितिमा देशको समसामयिक राजनीतिक अवस्था, त्यसमा पार्टीले खेल्नुपर्ने भुमिका र पार्टीले कसरी तल्लो इकाइसम्म आफ्नो भुमिका, वडासम्म आफ्नो सम्बन्ध बिस्तार गर्छ, कसरी संगठन निर्माण, सुधार र मजबुत बनाउँछ, त्यसको बारेमा र राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सबिस्तार छलफल भयो ।’
नेता सोनलले बैठकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सबिस्तार छलफल भएको पनि बताउनु भयो ।