काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्षसहितको पार्टी प्रतिनिधि मण्डलले कक्षा ८ देखि १२ सम्मका पाठ्यक्रममा १ विषय अनिवार्य सीपमूलक तालिम र देशभक्तिपूर्ण पाठ राख्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ।
मंगलबार प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा बसेर अध्यक्ष नेपालसहितको प्रतिनिधि मण्डलले युवा विद्यार्थी र बौद्धिक जनशक्ति पलायनका लागि प्रभावकारी कदम चाल्न ज्ञापनपत्र बुझाएको हो।
पछिल्लो समय नेपालमा गुणस्तरीय शिक्षा नमिलेको भन्दै उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढ्दै गएको छ।
यी विदेश पलायन रोक्नका लागि देशभित्र विद्यार्थीले पढ्न चाहेको विषयमा पर्याप्त सिट संख्या उपलब्ध गराउन पनि प्रतिनिधिमण्डलले माग गरेको छ।