‘२०८० साललाई जातीय छुवाछुत बिरुद्धको अभियान वर्ष’ घोषणा गर्न माग

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । राष्ट्रिय सभाकी सांसद मदनकुमारी साह गरिमाले ‘२०८० साललाई जातीय छुवाछुत बिरुद्धको अभियान वर्ष’ घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ ।

बुधवार राष्ट्रिय सभा बैठकमा सांसद भुवनबहादुर सुनारले पेस गर्नुभएको छुवाछुत तथा जातीय विभेदबिरुद्धको संकल्प प्रश्तावमाथिको छलफलमा भाग लिँदै उहाँले दलितमाथि हुने हिंसाको अन्त्य र समानताका लागि पनि सरकारले २०८० साललाई सो अभियान वर्षको रुपमा घोषणा गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

सांसद साहले संविधानले दलितसहितका पछि पारेका समुदायको हक अधिकार सुनिश्चित गराउनका लागि गरेको व्यवस्था अनुसार कानून निर्माण गर्ने काम गर्नपनि सरकारलाई सचेत गराउनु भयो । उहाँले संवैधानिक व्यवस्था अनुसार कानून बनाउने र समाजमा पछि परेका समुदायहरुको हक अधिकार सुनिश्चित गर्ने कुरामा संघीय संसदले सरकारलाई सचेत गराइरहनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।


सांसद साहले भन्नुभयो, ‘दलितमाथि हुने हिंसाको अन्त्य र समानताका लागि २०८० साललाई जातीय छुवाछुत बिरुद्धको अभियान वर्ष घोषणा गरियोस् भनेर सरकारसँग माग गर्दछु । संविधानले निर्देश गरे अनुसार कानून निर्माणको काम गरिसक्न पनि सरकारलाई सचेत गराउन चाहन्छु ।’

पछाडि परेका÷पारिएका दलितहरुको उत्थानका लागि सरकारले विशेष ध्यान दिनुपर्ने अर्का सांसद खिमलाल देवकोटाले बताउनु भयो । उहाँले नेपालको संविधानले सबैभन्दा धेरै अधिकार पछि परेका समुदायलाई दिएपनि त्यसको कार्यान्वयन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

सांसद देवकोटाले भन्नुभयो, ‘दलितहरु पछि परेका छन् । उनीहरुलाई अघि बढाउन राज्यले ध्यान दिनुपर्छ । यसमा कुनै विवाद छैन । तर हामीले नीति बनाउँदा जातजाति, भाषाभाषी भन्दा पनि गरिवी र विपन्नतालाई बढी प्राथमिकता दिनुपर्ने हुन्छ ।’

सांसद कमला पन्तले दलित भित्रै हुने विभेदको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले दलित आयोगले समेत दलितका बारेमा काम गर्न सके÷नसकेको अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । गरिवीका कारण दलितहरु पछि परेको उल्लेख गर्दै उनीहरुको आर्थिक सशक्तिकरणको कामलाई प्राथमिकता दिनपनि सरकारलाई उहाँको सुझाव थियो ।

सांसद पन्तले भन्नुभयो, ‘दलित समुदाय भित्रै रहेको विभेद पनि हटाउनु पर्नेछ । नेपालको संविधानले सबै भन्दा बढी अधिकार पछि पारिएका दलित, महिला, जनजातिहरुलाई दिएको छ । तर त्यसको कार्यान्वयनमा समस्या छ । गरिबीका कारण दलित, महिला, आदिवासी पनि पछि परेका हुन् । दलित आयोग छ यसले काम गरेको छ कि छैन रु संस्थाहरु छन् । तर, उनीहरुले राम्रोसँग काम गरिरहेका छैनन् । त्यसैले अनुगमनमा जोड दिनुपर्छ भन्ने मेरो मान्यता छ ।’

सांसद पन्तले संविधानले दलितहरुको अधिकार सुनिश्चित गरेपनि त्यसको कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्दै ती समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीलाई विज्ञको सुझाव, भारत भ्रमणमा मेन्यु लिएर नजानुस्

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य हुन्न :...

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँने...

विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विचार

अल्पविकसित देशहरुमा सार्वजनिक प्रशासनको भूमिका र नेपालको सन्दर्भ

सार्वजनिक प्रशासनले लक्षित व्यक्तिहरूको हितको लागि असल र प्रभावकारी नीति निर्माणका लागि राजनीतिक नेतृत्वलाई आवस्यक मद्दत गर्दछ। समाजको सामाजिक र...

विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

चलचित्र टुल्की शुक्रवारबाट प्रदर्शनमा

जेठबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत...

नेपाल अफ्रिका फिल्म फेस्टिबल असार १ बाट सुरू हुने

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

आइतवार, जेष्ठ १४, २०८०

२३.२७°

-
Clouds