fbpx

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं I मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भ्रष्टाचार बढेको भन्दै खारेज गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा सहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भएको भ्रष्टाचार कारण राष्ट्रपतिको बद्नाम भएकाले उक्त कार्यक्रम खारेज गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले उक्त कार्यक्रम खारेज गरी  दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी हवाई उद्वार गर्ने जिम्मा सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिन उपयुक्त हुने बताउनु भयो । उहाँले पछाडि पारिएका महिला कामदार वर्गका महिलालाई प्राथमिकतामा राखेर शिक्षा र स्वास्थ्य सेवा निशुल्क तथा रोजगारीको व्यवस्था गरेर मात्रै सरकारी कार्यालयमा अडिट गराउनु पर्ने बताउनु भयो । उहाँले खुला सिमाना भएर चेलीबेटी बेचबिखन हुने भएकाले दुवै देशको हितको लागि खुला सीमा बन्द गर्न सरकारले पहल गर्न आवश्यक रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा हुने भ्रष्टाचारको कारण राष्ट्रपतिको बदनाम हुँदा यो कार्यक्रम खारेज गरी दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी हवाई उद्वार गर्ने जिम्मा सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिने र पछाडि पारिएका महिला कामदार वर्गका महिलालाई प्राथमिकतामा राखेर शिक्षा र स्वास्थ्य सेवा निःशुल्क तथा रोजगारीको व्यवस्था गरेर मात्रै सरकारी कार्यालयमा अडिट गराउनु पर्ने । खुला सीमाना भएर चेलीबेटी बेचबिखन हुने भएकाले दुवै देशको हितको लागि खुला सीमा बन्द गर्ने, महिलाको पाठेघरको क्यान्सर रोक्ने खोप देशभर उपलब्ध गराउने,सुर्तीजन्य र मदिरा जन्य पदार्थ पूर्ण रोक लगाउने ,आगामी दुई वर्षभित्र सडक बालबालिका शून्य बनाउन आवश्यक छ ।’
उहाँले महिलाको पाठेघरको क्यान्सर रोक्ने खोप देशभर उपलब्ध गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले आगामी दुई वर्षभित्र सडक बालबालिका शून्य बनाउन माग गर्नुभयो । 


काठमाडौं

आइतवार, साउन ६, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...