डाक्टरहरु आन्दोलित : डाक्टरलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाल चिकित्सक सङ्घले डाक्टरलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ । हिजो राष्ट्रपतिको सवारीको बेला सडकमा हिँडडुल गरेको भन्दै प्रहरीले ट्रमा सेन्टरमा कार्यरत डाक्टर जनिथलाल सिंहमाथि लाठीचार्ज गरेको थियो ।

अस्पतालमा काम सकेर घर जान लागेका डाक्टरलाई परिचयपत्र देखाउँदासमेत सुरक्षाकर्मीले कुटपिट गरेको भन्दै सङ्घले दोषीमाथि कारबाही गर्न माग गरेको हो । आजसम्म कारबाही नभएमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने सङ्घले चेतावनी दिएको छ ।

यस्तै ट्रमा सेन्टरकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर ममता भट्टराईले पनि घटनाको विरोध गर्दै कुटपिट गर्ने सुरक्षाकर्मीलाई कानुनी कारबाही गर्न माग गर्नुभएको छ । उहाँकाअनुसार डाक्टर सिंहको टाउकोमा गम्भीर चोट लागेको छ र उहाँको ट्रमा सेन्टरको आईसीयूमा उपचार भइरहेको छ ।

हिजो सङ्घीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका डाक्टर सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । राष्ट्रपतिको सवारी व्यवस्थित गर्न भन्दै सरकारले सधैँ सडक खाली गराउने गरेको छ ।

सडक खाली हुँदा ट्राफिक अस्तव्यस्त हुने र नागरिकले सास्ती खेप्नु परेपछि सहज सवारी चलाउन माग हुँदै आएको छ । तर सरकार र सुरक्षा निकायले यसको बेवास्ता गर्दै आएका छन् । हिजो पनि राष्ट्रपतिको सवारीको बेला विद्यार्थी, बिरामी, कर्मचारी लगायत काम विशेषले ओहोरदोहोर गर्ने सबैले सास्ती भोग्नुपरेको थियो ।

त्यसैगरी, नेपाल चिकित्सक सङ्घले पनि विज्ञप्ति जारी गरेर सुरक्षाकर्मीबाटै गरिएको त्यस प्रकारको अस्वाभाविक र अत्यन्तै भर्त्सनायोग्य गतिविधिप्रति निन्दा व्यक्त गरेर दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ । सङ्घले २४ घण्टाभित्र दोषीमाथि कानुनी कारबाही नगरिएको अवस्थामा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताएको छ ।

विज्ञप्ति


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान