fbpx

‘गठबन्धन तलमाथि हुँदैन, पाँच वर्ष नै चल्छ’:-पूर्णबहादुर खड्का

author

समाचारपाटी

१२ महिना अगाडि

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गर्नुभएको छ । शुक्रवार कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाहिर गठबन्धन तलमाथि हुने हो की भन्ने आशंका पैदा भएको भन्दै गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने दाबी गर्नुभयो । उहाँले जनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको जिकिर गर्नुभयो । उहाँले आफूले कर्णालीलाई केन्द्रमा पुर्याउने कुरा नबिर्सिएको बताउनु भयो । रक्षामन्त्री खड्काले सरकारले आधुनिक स्तरको चलचित्र क्षेत्रलाई आवश्यक परेको स्टुडियो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘बाहिर एउटा हल्ला चलेको छ, भन्दाभन्दै गठबन्धन तलमाथि भएर उहाँ कहाँ पुग्नुहुने हो की भन्ने चिसो परेको छ भने त्यो चिसोबाट मुक्त हुनुहोला । यो गठबन्धन ५ वर्ष चल्छ । यो जनतालाई धोका दिनका लागि, कुर्सी तानातानका लागि गठबन्धन बनेको होइन । यो गठबन्धन मुलभुत उद्देश्यसहित सडकदेखि शुरु हुँदै, जनताको बीचमा मत माग्दा मुलुकलाई यसरी अघि बढाउँछौँ भनेर हालका वर्तमान प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र म स्वयं निर्वाचनको बेलामा गएर मत दिनुस्, गठबन्धनलाई बहुमत दिनुस्, नेतृत्व गर्न चाहन्छाैँ भनेको हो । कर्णालीलाई केन्द्रमा पुर्याउनेकुरा बिर्सिएका छैनौँ ।’

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा आधुनिक स्तरको स्टुडियो बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाल आफैँमा खुला स्टुडियो भएपनि सबै कामहरु त्यसबाट पूरा नहुने बताउनु भयो । उहाँले चलचित्र क्षेत्रको विकासका लागि बोर्डले सबै किसिमबाट सहयोग गरिरहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर