fbpx

डिफेन्डिङ च्याम्पियन अनिस थापा मगरलाई सात सय कोल्मा बहाकोट तेश्रो क्रस कन्ट्री दौडको उपाधी

author

समाचारपाटी

१ year अगाडि

स्याङजा । डिफेन्डिङ च्याम्पियन भारतिय सेनाका अनिस थापा मगरले तेश्रो संस्करणको सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि दौड प्रतियोगिताको उपाधी जित्नुभएकाे छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजना र कोल्मा बहाकोट समाज यु.के.को मुख्य प्रायोजन र स्याङजा समाज युकेको सह प्रायोजनमा सम्पन्न क्रस कन्ट्री दौडमा फलेबास २ थापाठाना पर्वतका अनिस थापा मगरले निर्धारित २० किमि दुरी १ घण्टा ४ मिनेट ३६ सेकेण्डमा पार गर्दै प्रतियोगिताको उपाधी हात पार्नुभएकाे हाे । उपाधी संगै थापाले नगद ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयाे ।

प्रतियोगितामा नेपाल आर्मीका खेवराज बस्नेतले निर्धारित दुरी १ घण्टा ६ मिनेट ५६ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गर्नुभयाे । बस्नेतले दोश्रो स्थान सहित नगद २५ हजार, मेडल र प्रमाण प्रत्र प्राप्त गर्नुभयाे । त्यसैगरी प्रतियोगितामा आर्मीकै सुबास कार्कीले निर्धारित दुरी १ घण्टा ८ मिनेट १३ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गर्नुभयाे । कार्कीले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयाे ।

त्यसैगरी २१ वर्ष मुनिको १० किलो मिटर पुरुष दौड प्रतियोगिताको उपाधी सिरानचोक २ हर्मी गोर्खाका सन्दिप ढकालले हात पार्नुभयाे । निर्धारित दुरी ४३ मिनेट ३० सेकेण्डमा पार गर्दै ढकालले उपाधी हात पार्नुभएकाे हाे । उपाधी संगै ढकालले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयाे । त्यसैगरी गोर्खाकै दिनेश बोगटीले निर्धारित दुरी ४४ मिनेट २० सकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गर्नुभयाे । बोगटीले नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयाे ।

त्यसैगरी रुकुम पुथाउत्तरगंगाका मनोज रोका मगरले निर्धारित दुरी ४६ मिनेट ५ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हांसिल गर्नुभयाे । तेश्रो स्थान सहित रोका मगरले नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयाे । प्रतियोगितामा १० उत्कृष्ट भित्र आउनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने । १० किलो मिटर दौड पार गर्ने दुईजना महिला धाविकालाई विशेष सम्मान गरिएको थियो । प्रतियोगिताका बिजेताहरुलाई अन्तराष्ट्रिय अल्ट्रा धावक मीरा राई, पुतलीबजार नगरपालिकाका उप प्रमुख देवी अर्याल, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष जित बहादुर गुरुङ, छिमेकी गाउँ समाज हङकङका अध्यक्ष प्रेम थापा मगर, कोल्मा बहाकोट समाज युकेका सल्लाहकार धनकाजी गुरुङ, कोल्मा बहाकोट आमा समुह युकेकी अध्यक्ष हुम कुमारी गुरुङ लगायतले बिजेताहरुलाई पुरस्कार वितरण गर्नुभएकाे थियाे ।

सो अवसरमा वोल्दै अन्तराष्ट्रिय अल्ट्रा धवाक मीरा राइले युवाहरुलाई खेलकुदमा सहभागी गराउनका लागी क्रसकन्ट्री दौड जस्ता प्रतियोगिताले उल्लेख्य भुमिका खेल्ने बताउनुभयाे । गाउँठाँउलाई चिनाउन सवैभन्दा उत्तम खेलकुद कार्यक्रम भनेकै दौड प्रतियोगिता हुने बताउँदै राइले गाउँलाई चिनाउनका लागी विभिन्न देशमा छरिएर रहेको सातसय कोल्मा बासीको योगदान रहेको र यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गर्नुभयाे ।

त्यस्तै पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्यालले सात सय कोल्मा लाइ समेटेर कोल्मा मात्र नभइ पुतली बजार नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बिरुवा गाउपालिकालाई समेत खेलको माध्यामबाट जोड्ने काम गरेकोमा धन्यवाद ब्यक्त गर्दै नगरपालिकाको तर्फबाट सहयोग र सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयाे ।

सात सय कोल्मा सम्पर्क मञ्चको आयोजना र पुतलीबजार नगरपालिका स्याङ्जा, शुक्लागण्डकी नगरपालिका सह आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सह प्रायोजन छिमेकी गाउँ समाज हङकङ, कोल्मा बहाकोट समाज युकेले गरेको थियो भने सम्राट फिजिकल ट्रेनिङ सेन्टर पोखरा, ब्रिटिस गोरखा ट्रेनिङ सेन्टर पोखरा, ईलाईट गोरखा फिटनेस ट्रेनिङ एण्ड एजुकेशन सेन्टर, मिलनसार तमु समाज बेगनासताल पोखरा, कोल्मा बहाकोट तमु समाज, फुलवारि सेवा केन्द्रको सहयोग रहेको थियो ।

चिरुवा सामुदायिक होमस्टे पुबनपा २, कन्या बराही सामुदायिक होमस्टे पुतलीबजार २, पोखरीछाप सामुदायिक होमस्टे पुतलीबजार ९, कोल्मा सामुदायिक होमस्टे पतलीबजार ९, भैसेगौडा सामुदायिम होमस्टे पुतलीबजार २, काल्खु सामुदायिक होमस्टे पुतलीबजार ९, राईपुर सामुदायिक होमस्टे शुक्ला गण्डकी नगरपालिका ११, राङभाङ सामुदायिक होमस्टे बिरुवा ३ र खुदी सामुदायिक होमस्टे बिरुवा ४ प्रवद्र्धकको रुपमा रहेको थियो ।


काठमाडौं

शनिबार, बैशाख ८, २०८१

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन