fbpx

दीपशिखा पुस्तकालयमा ट्याग परियोजनावारे छलफल

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा रिड नेपाल अन्र्तगतको टेक एज गल्र्स ट्याग नेपाल परियोजनावारे छलफल शक्रवार सम्पन्न भएको छ । दीपशिखा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न छलफलमा बोल्दै नेपाल सरकारका पूर्व गृह,स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पुस्तकालयको हितमा आफू सधैं सकारात्मक रहेको वताउनुभयाे।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् पुस्तकालयकी उपाध्यक्ष निर्मला पौडेलले स्वागत गरेको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, वडा नं ३२ का कार्यवाहक अध्यक्ष रवि तिवारी, वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, वडा नं ३० का वडाध्यक्ष दुर्गा सुवेदी ,डाडाकोनाक प्रहरी चौकीका इञ्चार्ज श्रवणकुमार विक, दीपशिखा महिला सहकारी अध्यक्ष शिवकुमारी सुवेदी, रिड नेपालका प्रतिनिधि सिनियरप प्रोजेक्ट कोअर्डिनेटर भाग्यश्री विष्ट, प्रोजेक्ट सहायक दीक्षा अधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि , युवा क्लब, पुस्तकालय व्यबस्थापन समितिका पदाधिकारीहरु , शहरी स्वस्थ्यका प्रतिनिधि, कर्मचारीहरु, ट्याग मेन्टर, ट्याग किसोरीहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रममा वक्ताहरुले लक्षित समुदायका बिद्यालयबाट पिछडिएका, प्रविधिको पहुच नपुगेका , अध्ययन गदै वा अध्ययन गर्न छोडेका किसोरीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएकाले परियोजनाको निरन्तरताको आवश्यकता औंल्याएका थिए ।

विगत २ वर्षदेखि निरन्तर रही पुस्तकालयमा सञ्चालन भएको टेक एज गल्सपरियोजनाको प्रभाव राम्रो रहेकाले आफूहरु यसको निरन्तरताका लागि सहयोग गर्न तयार रहेको वडाध्यक्षहरुको भनाइ रहेको थियो भने ट्याग किसोरीहरु लगायतले निरन्तरताको अपेक्षा गरेका थिए । पुस्तकालयमा निःशुल्क रुपमा शिक्षा, कम्प्युटर तालिम, स्वास्थ्य, कृषि, पशू स्वास्थ्य, महिला शशक्तिकरण, जलवायू परिर्वतन, विपद व्यव्स्थापनका साथै विभिन्न सीपमूलक तालिमहरु समेत सञ्चालनमा आएका छन् । कार्यक्रम सञ्चालन पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारीले गरेका थिए ।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक